arrow

अपाङ्गताहरुलाई पहिलो प्राथमिकता : अध्यक्ष ढकाल

logo
कौरव खत्री,
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
aapanga.jpg

गुल्मी । गुल्मीको सत्यवति गाँउपालिकामा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुर्नस्र्थापना केन्द्र सक्षम परियोजना गुल्मीको आयोजनामा  गाँउपालिकाका जनप्रतिनिधिहरुका लागि अपाङ्गता व्यवस्थापन सम्वन्धि एक दिने अभिमुखीकरण तालिम खैरेनीमा सम्पन्न भएको छ ।

सोही अभिमुखीकरण तालिमका अवसरमा बोल्दै प्रमुख अतिथि सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले पछाडी परेको समुदाय,अपाङ्ग र लक्षित बर्ग लगायतलाई  केन्द्रमा राखेर काम गर्नु आफ्नो कर्तव्य र पहिलो प्राथमिकता रहेको बताउदै अभिमुखीकरण तालिमले सबै जनप्रतिनिधिहरुलाई अपाङ्गताका बारेमा जानकारी लिने अवसर प्राप्त गरेको बताए   ।

साथै गाँउपालिकाका अध्यक्ष ढकालले आफू निर्वाचनको क्रममा गाँउ–गाँउमा जादा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था नाजुक देखेपछि आफ्नो सबै भन्दा पहिलो प्राथमिकता भनेको अपाङ्गता भएका व्यक्तिहरुका लागि  सहयोग गनु रहेकोले आफू गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो पहिलो कामको शुरुवात भनेकै अपाङ्गता परिचय पत्र वितरणबाट काम गरेको बताउदै अध्यक्ष पारिश्वर ढकालले भने अपाङ्गता व्यक्तिहरु भनेका आफैमा आत्मनिर्भर हुन नसक्ने हुदा उनीहरुलाई सधै पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ