arrow

श्रीलङ्कामा संसदको निलम्बन फुकुवा, सोमबार बैठक

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
sri-lanka-parliament.jpg

कोलम्बो। श्रीलङ्काका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाक्नु भएको छ। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्।

राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गरेका थिए। संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिङ्घेको सट्टामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

विक्रमासिङ्घेले राष्ट्रपतिको कदमलाई खारेज गर्नुका साथै प्रधानमन्त्रीको सरकारी निवास छाड्न अस्वीकार गरेका छन्। “बुधबार साँझ राष्ट्रपति र संसदका सभामुखबीच भेटवार्ता भयो। यो एक किसिमको मध्यस्थता हो,” वार्तामा सहभागी एकजना अधिकारीले बताए। “अन्यथा, सभामुखले राष्ट्रपतिको कदमलाई बेवास्ता गरी शुक्रबार संसदको बैठक आह्वान गर्ने तयारी भएको थियो।”

संसदमा यो सङ्कटका बारेमा सोमबार मतदान हुने नहुने विषय भने स्पष्ट भइसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ