विवादित मन्त्री स्थापित भन्छन् - मुख्यमन्त्रीसँग मिलेर जानुको विकल्प छैन
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
510
Shares
हेटौँडा । यौन दुर्व्यवहारको आरोपित प्रदेश नं ३ सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री केशब स्थापित स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताएका छन् ।
शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले प्रदेश सरकारका मुख्यमन्त्रीसँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने बताएका छन् ।
बिहिबार मन्त्री केशब स्थापित र मुख्यमन्त्री डोरमणि पौडेल बिच चर्काचर्की भएको थियो । पछिल्लो समय यौन हिंसाको आरोपमा मुछिएका र कार्य सम्पादन सुधार नगरेका स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले कार्य सम्पादन सुधार्न निर्देशन दिएपछि प्रदेश नंम्बर ३ को मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको थियो ।
मुख्यमन्त्री र मन्त्री बिच आफ्ना कुरा राख्ने क्रममा टेबुल ठोकाठोक समेत भएको थियो ।आफ्नो कार्य सुधार गर्न भन्दै मुख्यमन्त्री पौडेलले सम्झाउदा स्थापितले उल्टै अभद्र व्यवहार देखाएपछि पौडेल अर्का मन्त्री कैलाश ढुङ्गेललाई लिएर बिहिबार काठमाडौं आएका छन्। काठमाडौंमा मुख्यमन्त्री पौडेलले स्थापितले मन्त्रिपरिषद्मा गरेको अभद्र व्यवहार नेताहरुलाई जानकारी गराउने भएका छन् ।
मुख्यमन्त्री पौडेलले यौन दुर्व्यवहारको आरोपमा मुसिएका स्थापितलाई विस्थापित गर्न लागेको स्रोतले जनाएको छ ।