arrow

पर्यटन प्रर्बद्धनका लागि बझाङका दुई स्थानमा महोत्सब

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
mohotsab_photo_(1).png

बझाङ। जिल्लाको पर्यटन प्रर्बद्धन गर्नका लागी जिल्लाका दुई स्थानमा छुट्टा छुट्टै स्थानमा महोत्सब आयोजना गरिएका छन् । जिल्लाको पर्यटन ब्यबसायको प्रचुर सम्भावना भएका खप्तड छान्ना गाँउपालिका र सुर्मा गाँउपालीकाका युवाहरुले गाँउपालिकामा पर्यटन भित्र्याउने उदेश्यले महोत्सबको आयोजना गरेका हुन् ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरु बोलाएर जिल्लाको खप्तड छान्ना गाँउपालिकाको माझीगाँउ  र सुर्मा गाँउपालिकाको दौलिचौरमा महोत्सब सञ्चालन गरेका हुन् । खप्तड छान्ना गाँउपालिका भित्र रहेका पर्यटकिय खप्तड , खप्तड ताल , घोडादाउन पाटन , त्रिबेणी , गुरेल झरना , मालिका गुफा , राम मन्दिर , खापरमाण्डौ ,ठानाकोट , गडीमाई लगायतका क्षेत्रहरुको प्रचार प्रसार गरि राष्ट्रिय अन्र्तराष्ट्रिय स्तर सम्म चिनाउन र स्थानीय स्तरको लोक संस्कृति लाई समेत संरक्षण सम्बर्धन गर्न महोत्सबको आयोजना गरिएको खप्तड छान्ना गाँउपालिकाका अध्यक्ष बर्क रोकायाले बताए ।

 उनले 'भने महोत्सबका माध्यमबाट यहाँको पर्यटकिय सम्भावनाहरुको प्रचार प्रसार र यहाँको लोप हुन लागेको संस्कृति लाई उजागर गर्ने हाम्रो अभियान छ ।'  जिम्माल यूवा क्लबको आयोजना र खप्तड छान्ना गाँउपालिकाको मूख्य प्रायोजनमा भएको  प्रथम खप्तड छान्ना सास्कृतिक महोत्सब २०७५ मा गाँउपालिका भित्र रहेका पर्यटकिय क्षेत्रहरुका फोटा र स्थानीय झाकीहरु देबी देउताका फाग , मांगल , भार्ता, भस्सो तथा गौरा पर्वका झलकहरु समेत प्रर्दषन गरिएको थिए भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहेको थियो ।

 महोत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला लोक दोहोरी प्रतियोगिता र खुल्ला देउडा प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । महोत्सबमा राष्ट्रिय कलाकार चक्र बम, राजेन्द्र भट्ट(आर जे ) लोक देउडा गायिका रेखा जोशी फिल्म निर्देशक शोभित बस्नेत , नायक जयकृष्ण बस्नेत र मोडेल सोनिका रोकाया , स्थानीय कलाकार सन्तोष रोकाया , सुनिल नेपाली, रागव उदास अन्य स्थानीय कलाकारको प्रस्तुती गरेका थिए । महोत्वबमा झण्डै १५ लाख खर्च भएको जिम्माल यूवा क्लबका अध्यक्ष बरुण रोकायाले जानकारी दिए ।

यसै बिच सुर्मा गाँउपालिकामा आयोजना गरिएको महोत्सबमा गाँउपालिका भित्र रहेको सुर्मा सरोबर ताल, तातोपानी, सुर्मा गाँउपालीकाको धार्मीक मेला विरीजात, घाँसे मैदानहरुको प्रचार प्रशार गर्ने उदेश्यले राष्ट्रिय स्तरका कलाकारहरु बोलाई नि:शुल्क महोत्सब संञ्चालन गरिएको स्थानीय बासिन्दा दिनेश बहादुर बोहराले बताए ।

युनिक मोसन युवा समाजको आयोजनामा मोहत्सब १३ गते देखी संचालन भएको बोहराको भनाई छ । महोत्सबमा राष्ट्रिय कलाकार दोहोरी गायीका राधिका हमाल, दोहोरी गायक मनिस खड्का, डेउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) रहेका छन् । यस्तै टेली श्रीङ्खला मेरी बास्सैका हाँस्य कलाकार जानुका पौडेल, निर्मली खड्का को समेत महोत्सबमा प्रस्तुती रहेको थियो । महोत्सबमा मिस्टर आर.जे.र्यापर र डिके राउत डान्सर लाई समेत आमन्त्रण गरीएको युनीक मोसन युवा समाज सुर्मा गाँउपालीका ३ का अध्यक्ष धनराम बोहराले बताए ।
 
अन्तराष्ट्रीय ब्यापारको अभियान, पर्यटकीय क्षेत्र सुर्मा हाम्रो पहिचान भन्ने मुल नाराका साथ कार्तीक १३ गते देखी संचालन भएको उक्त महोत्सब १६ गते सम्म संचालन हुने बोहराले बताए। सुर्मा गाँउपालीका वडा नम्बर ३ मा संचालन भएको उक्त महोत्सब सम्पुर्ण बझाङ जिल्ला बासीहरुले नि:शुल्क अवलोकन गर्ने मौका पाएका छन् ।

 महोत्सब भने पछी शुल्क तिर्नु पर्ने भए पनी सुर्मा गाँउपालीकाका युवाहरुले नि:शुल्क महोत्सब संचालन गरेको देख्दा आफुहरुलाई निकै खुःसी लागेको यहाँका बुढापाकाहरुले बताएका छन् । महोत्सबमा कलाकारको माद्यम बाट लोभ हुन थालेका अन्न बालीहरुको पनी जगेर्न गर्ने उदेश्य रहेको युवा समावका अध्यक्ष बोहराले बताए ।

  केही बर्ष पहीला सुर्मा गाँउपालिकाको मुख्य बालीका रुपमा रहेको कोदो, मास्रो,फाँपर लगायतका बाली लोभ भएका कारण यसको जगेर्ना गर्नका लागी पनी महोत्सब संचालन गरीएको उनको भनाई छ । झण्डै १० लाखको लागतमा महोत्सब संचालन गरिएको बोहराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ