त्रिशुलीमा पौडी खेलेका सशस्त्र प्रहरीका जवान 'सेती नदीमा त सामान्य हो' भन्दै बेपत्ता
शव भेटिएन्, खोजी कार्य जारी
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
763
Shares
बझाङ । सेती नदी नुहाउन गएका एक जना सशस्त्र प्रहरी जवान सेती नदीमा बगेर बेपत्ता भएका छन् । बिहीबार दिउँसो १:३० बजे को समयमा सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका घर भएका २३ बर्षिया राजेन्द्र बुढा बगेर बेपत्ता भएपछि उनको ब्यापक खोजी कार्य भई रहेको भए पनि हालसम्म शव भेटिएको छैन् ।
दुई जना अरु साथी संग नुहाउन सेती नदीमा गएका बुढा पौडी खेल्दै गर्दा सदरमुकाम चैनपुर नजिकै रहेको सेती नदीमा डुबेर बेपत्ता भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी दिए। उनका अनुसार पौडी खेलेर एक सय मिटर तल जादासम्म हाँस्दै थिए र पछि एक्कासी डुबेर बेपत्ता भएको जानकारी आएको छ ।
जवान बुढा यस भन्दा अगाडी पनि त्रिशुली नदीमा पौडी खेलेको र सेती नदीमा त सामान्य हो भन्दै सेती नदी पार गर्न खोज्दा यस्तो अबस्था आएको प्रहरीले जनाएको छ ।
बेपत्ता सशस्त्र प्रहरी जवान बुढाको खोजी कार्यका लागी जिल्ला प्रहरी कार्यलय बाट प्रहरीको टोली,नेपाली सेना र सशत्रप्रहरीको टोली र स्थानीय बासीहरुले खोजीकार्य जारी राखेका भए पनि उनको शव भेटिएको छैन् ।
सेती नदीमा बर्षा यामको भन्दा पानीको सतह घटेको र शुद्ध हिसावले देख्न सकिने भएपनि सेती नदी किनारा किनार तिरहरुमा कतै पनि शव भेटिएको छैन् । यही कार्तिक १३ गते जिल्लाको शान्ति सुरक्षाका लागी भन्दै सशस्त्र प्रहरीको टोली बझाङ आएको थियो ।
बर्षेनी नुहाउने क्रममा सेती नदीमा ज्यान गुमाउने फाटफुट घटनाहरु घटी नै रहन्छन् ।