मन्थली । केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार कार्तिक १६ गते पहिलो पटक जिल्ला स्तरमा चियापान कार्यक्रम गरेको नेपाली कांग्रेस रामेछापले चियापनको अवसरमा अन्तर पार्टि एकतासंगै अतिथि हरुका माझ हार्दिकता पनि देखाएको छ । अन्य कार्यक्रमहरुमा आसन र भाषणलाई मुल ठान्ने तथा सम्मान खोज्ने नेताहरु पनि चियापानमा सामान्य रुपमा कार्यकर्ता पंक्तिमानै वसेर अतिथीहरुसंग शुभकामना साटासाट गरेका थिए ।
चियापानमा जिल्लामा रहेका नेता कार्यकर्ताहरुका वावजुद कार्यक्रममा सहभागिता जनाउनकै लागी काठमाडौ वाट ठुलो संख्यामा नेता तथा कार्यकर्ता मन्थली आएका थिए ।
केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार शुक्रबार कांग्रेसले पुर्ण तयारीका साथ मन्थलीमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो । चियापानमा वोलाएका जिल्लाका सवै अतिथहरुलाई कार्यवहाक सभापति जितेन्द्र मोक्तानले ढाकाको गलवन्दी लगाएर मुल गेटमानै स्वागत गरेका थिए । अनुसासित र मर्यादित तथा आन्तरिक र वाहय रुपमा समेत विना घोचपेच कार्यक्रम तोकिएको समयमानै सकिएको थियो । कार्यक्रममा एक जना वक्ता पनि थिएनन् ।
जिल्ला सचीव लेख वहादुर कार्किले उद्घोष सहित सहभागिहरुलाई स्वागत गरेर आरम्भ गरेको उक्त कार्यक्रमको अध्यक्षता कार्यबाहक सभापति जितेन्द्र मोक्तानले गरेका थिए । पुर्व सभाषद तथा कांग्रेस नेता शिब बहादुर खडकाको प्रमुख आतिथ्यतामा चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, नेकपा का सचिब आनन्द श्रेष्ठ, राप्रपाका जिल्ला अध्यक्ष रामचन्द्र कँडेल, नेकपा माले का सचिब ओम बाबु पुरी, सुरक्षा निकायका प्रमुख तथा बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सञ्चारकर्मी नागरिक समाजका अगुवा र काग्रेसका बिभिन्न तह र तप्काका पदाधिकारीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा शुभ दिपावली, छठ, नेपाल सम्बत एबं ल्होसार पर्बको अबसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, नेकपा का सचिब आनन्द श्रेष्ठ, रा प्र पा का जिल्ला अध्यक्ष रामचन्द्र कँडेल, नेकपा माले का सचिब ओम बाबु पुरी, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सञ्चारकर्मीहरु लगाएत काग्रेसका बिभिन्न तह र तप्काका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई जिल्ला सचिब लेख बहादुर कार्कीले स्वागत गरेका थिए ।
पार्टिका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाले आरम्भ गरेको चियापान कार्यक्रम यस अघि केन्द्रीय कार्य समितिले मात्र गर्ने गरेको भएपनि यस बर्ष देखि भने पार्टिले सबै जिल्ला समितिहरुमा पनि एकै दिन एकै पटक चियापान गर्ने कार्यक्रम तय गरेको थियो ।
हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिन गरिदै आएको चियापान कार्यक्रम पार्टिका नेता चक्र प्रसाद बास्तोला को निधनपछि कार्तिक १६ का लागि सारिएको थियो ।
चियापान कार्यक्रमवाट वाहिरिदै गर्दा नेकपाका सचिव आनन्द श्रेष्ठले कांग्रेसले चियापान कार्यक्रम जिल्लामा गरेर राम्रो कामको थालनी गरेको प्रतिक्रिया दिए । उनले आफनो पार्टिले पनि आगामी सोमवार जिल्ला समन्वय समितिको हलमा यस्तै तरिकाले चियापान र पार्टि कार्यालयको उद्घाटन गर्न लागेको जानकारी गराए । छोटो मिठो र मर्यादीत तरिकाले कार्यक्रम गरेकोमा उनले कांग्रेस पार्टिलाई धन्यवाद पनि दिए ।