कपिलवस्तुमा यस्तो रह्यो कांग्रेसको जलपान कार्यक्रम
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
265
Shares
कपिलवस्तु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले वडा दशै दिपावली ,छठ नेपाल सम्वत पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार तौलिहवा स्थित आफ्नै पार्टी कार्यालय परिसरमा शुभकामना तथा जलपान कार्यक्रम सम्मपन्न गरेको जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए ।
सो अवसरमा प्रतिनिधी सभा सदस्य वृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाह,अतहर कमाल प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव, सहसराम यादव,रिना विक लगायतको उपस्थित रहेको थियो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेल लगायत जिल्लाका कार्यालय प्रमुख तथा स्थानीय तहका प्रमुखहरुको उपस्थित रहेको थियो । त्यस्तै जिल्ला स्थित राजनैतिक दलका प्रमुख , सरकारी तथा गैर सरकारी संस्थाका प्रमुखहरुको उपस्थित रहेको थियो ।
जिल्लामा एक आपसमा मेलमिलाप तथा एकतको लागी चियापान तथा शुभकामना आदान प्रदान गरिएको जिल्ला सचिव महेन्द्र कुमार पाठकले बताए । एक आपसमा शुभकामना आदान प्रदान तथा चियापान गरि कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा हजारौ कार्यकर्ताहरुको उपस्थित रहेको नेपाली काग्रेंस कपिलवस्तुले जनाएको छ ।