arrow

नेविसंघले गर्‍यो मलंगवामा बिरोध प्रदर्शन

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
nsu-birod1.jpg

सर्लाही । मंगलबार घटेको घटनामा परी  रामनगर गाउँपालिका वडा नं. ४ वडा अध्यक्ष राम नरेश महतोको काका  ५५ वर्षिय राम विलास महतोको ज्यानगएपछी सर्लाहीको सदरमुकाम मलंगवामा बिहिबार नेबिसंघले बिरोध प्रदर्शन गरेको छ ।

नेविसंघका केन्द्रिय महामन्त्री कुन्दन राज काफले र पुर्व केन्द्रिय उपाध्यक्ष दिपक अधिकारी को अगुवाइमा  मलंगवामा गृहमन्त्री राजिनामा देउ, कम्युनिष्ट अधिनायकबाद मुर्दाबाद ,मृतक रामविलासलाई सहिद घोषणा गर ,पिडितलाई क्षतिपुर्ति देउ, दोषीलाई पक्राउ गरी छिटै सार्वजनिक गरको नारा लगाएर बिरोध प्रदर्शन गरेको नेविसंघका नेता युवराज देवकोटाले जानकारी दिए ।

बिरोध प्रदर्शनमा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति लक्ष्मण राय, जिल्लाभरीका नेविसंघ सँग आबद्ध विधार्थीहरुको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ