arrow

प्रहरीका कार्यक्रम असफल भएपछि पुनर्वासमा गठन भयो सामुदायिक प्रहरी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
samudaik-police.jpg

पुनर्वास । देशै भरी लागू गरिदै आएको सामुदायिक साझेदारी प्रहरी कार्यक्रम अन्तर्गत कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वासमा शुक्रवार समिती गठन गरिएको छ ।

यस अघि समाजमा शान्ति सुरक्षा र अपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले ल्याएका मुस्कान सहितको प्रहरी , प्रहरी मेरो साथी र टोल टोलमा प्रहरी जस्ता कार्यक्रम प्रभावकारी बन्न नसकेपछि पछिल्लोपटक सामुदायिक प्रहरी साझेदारी कार्यक्रम ल्याइएको हो ।
 
समाजलाई सुरक्षित बनाउन प्रहरीको एकल प्रयासले सम्भव नदेखिएपछि सामुदायिक साझेदारी प्रहरी कार्यक्रम सञ्चालन गरिन लागिएको हो । जिल्ला तह , पालिका तह र वडा तहमा गठन हुने सामुदायिक साझेदारी कार्यक्रम आन्तर्गत शुक्रवार  कञ्चनपुरको पुनर्वास नगरपालिकामा  नगर प्रमुख जीवनराज थापाको संयोजकत्वमा २० सदस्यीय सामुदायिक साझेदारी प्रहरी गठन गरिएको छ।

पुनर्वास नगरपालपकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा नगरपालिका भित्रका बिभिन्न सामुदायिक सँस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, आमा समुहका प्रतिनिधि, सम्पुर्ण वडाका वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा अभिभावक, राजनितिक दलका प्रतिनिधि, भुपू प्रहरी तथा पत्रकारहरूको सहभागीता रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतले प्रहरीको प्रमुख हतियार नै जनता भएकाले   समुदायसँग मिलेर काम गर्नु पर्ने बताए। कानुनी प्राबधान अनुसार समुदाय सँग मिलेर सामाजिक अपराधका घटना न्युनिकरण गर्नु सामुदायिक साझेदारी प्रहरीको मुख्य उदेश्य रहेको उनले बताए। समाजमा विभिन्न घटनाहरू घटिरहेका छन।

 लागू पदार्थ, दुर्ब्यसनी जस्ता सामाजिक घटना बढ्दै गएको छ त्यसैले न्युनिकरण गर्न साझेदारी  जरूरी छ। निर्मला काण्ड पछि जनता र प्रहरी बीचको दुरी बढेकाले अब अझै जनता सँग सम्बन्ध मजबुत बनाउन सामुदायिक साझेदारी प्रहरीले ठुलो योगदान पुर्याउने एसपी कडायतले बताए।

त्यसैगरि कार्यक्रमाा बोल्दै नगर प्रमुख जीवनराज थापाले  प्रहरी र समुदाय बिच एकआपसमा  भाईचारा हुन जरूरी रहेको बताए। साथै प्रहरी र समुदायको सम्बन्ध राम्रो भयो भने मात्र अपराधिक कृयाकलाप रोक्न सकिने नगरप्रमुख थापाले बताए। अतिआवश्यक परेका बेला र अन्जानमा बाहेक जानाजान गल्ती गर्नेलाई माफी दिन नमिल्ने समेत नगर प्रमुख जीवनराज थापाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ