arrow

नवलपरासीमा सशस्त्र प्रहरीले गर्‍यो अण्डा नष्ट

logo
अंगद यादव,
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
egg-nasta.JPG

 नवलपरासी । नवलपरासी पश्चिमको प्रतापपुर गाँउपालिका गूठी परसौनीका सशस्त्र प्रहरीले १३ हजार ९ सय ५० रुपैँया बराबरको अण्डा नष्ट गरेको छ ।

गए राति सशस्त्र प्रहरी निरिक्षक माधव पण्डिकको नेतृत्वमा गएको गस्ती टोलीले प्रतापपुर गाउपालिका वार्ड न.६ गुठी परसौनीमा भारत बाट अबैध रूपमा ल्याऊदै गरेको अण्डा नियन्त्रणमा लिएको थियो ।

शनिबार बिहान सशस्त्र प्रहरी, महेशपुर पशु कोवारेन्ट टाईनका पशु स्वास्थ प्रविधिक गिरिराज पौडेल ,पत्रकार ,स्थानीय लगाएतका रोहबरमा नष्ट गरिएको बोर्डर आऊट पोष्ट गुठी परसौनीले जनाएको छ ।

साथै सशस्त्र प्रहरीले कार्तिक महिना भित्र भारतबाट अबैध रुपमा ल्याऊदै गरेको चिनी, चामल,लत्ताकपडा लगायतहरु करिब ६८ हजार ४ सय ४० रुपयाको सामग्रीहरु भन्सार कार्यलयमा दाखिला गराई सकेको सशस्त्र प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ