arrow

कांग्रेस नेता चन्द्र भण्डारी डाक्टर भए

हामी को हौं भन्ने जवाफ नखोज्ने हो भने नेपालको सीमा रहेपनि नेपाली नरहने भण्डारीको निश्कर्ष

logo
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
chandra-bhandri-dr.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विद्यावारिधी सकेका छन् । भण्डारीले नेपालको राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा विद्यावारिधीको सोध गरेका हुन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा भण्डारीले शनिवारनै आफ्नो सोधको 'डिफेन्स' गरेका थिए ।  'डिफेन्स' सकेसँगै त्रिविका पदाधिकारी तथा विभागका प्रमुखले बधाइ दिएका थिए ।

राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा भण्डारीको यो सोध सम्भवत विश्वविद्यालयकै पहिलो सोध हो । राष्ट्र, राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको प्रभावको विषयमा विभिन्न ७ भागमा गरिएको सोधमा विभिन्न कालखण्डको अध्ययन गरिएको छ । २००७ सालको जनआन्दोलन त्यसपछिको कालखण्ड, ३० बर्षीय पञ्चायती कालखण्ड त्यसको अघि र पछिको अवस्था र २०४६ साल देखि २०६३ सालसम्मको अवस्थाको अध्यययन गरिएको छ ।

आफ्नो सोधमा भण्डारीले राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, भाषिक र धार्मीक बिषयको अध्ययन गरेका छन् । उनको सोधमा विश्वव्यापीकरणको प्रभावले नेपालको राष्ट्र राज्य प्रकृयामा आर्थिकका केहि मानक बाहेक सबै क्षेत्रमा नकारात्मक रहेको देखिएको छ । नेपालको आगामि दिन अझ बढि कठिन र चुनौतीपुर्ण रहेको भण्डारीको सोधको निष्कर्ष रहेको छ ।

विद्यावारिधीको 'डिफेन्स' गरेसँगै हाम्राकुरासँग कुराकानी गर्दै कांग्रेस नेता भण्डारीले नेपालीहरुले हामी को हौ भन्ने जवाफ नखोज्ने हो भने हाम्रो सीमा रहेपनि हामी नेपालीपन भएको नेपालीको रुपमा नरहने निश्कर्षमा आफु पुगेको बताए ।       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ