arrow

कांग्रेसका विभिन्न समितिले गरे शुभकामना आदान प्रदान

logo
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
chiyapan.jpg

कपिलवस्तु । नेपाली कांग्रेसका विभिन्न  समितिद्वारा वडा दसैं, दिपावली ,छठ नेपाल सम्वत  पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ  । बुद्धभुमी नगर समितिले गोरुसिगे स्थित थारुकल्याणकारी समितिको हलमा कार्यक्रम सम्पन्न गरेको छ ।

 सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति एवं पुर्व सिचाइ राज्य मन्त्री सुरेन्द्रराज आर्चाय, पुर्व सांसद विष्णुराज आर्चाय बुद्धभुमी नगरपालिकाका नगर प्रमुख कशव कुमार श्रेष्ठ लगायत नगरमा अवस्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

नगर  क्षेत्रमा एक आपसमा मेलमिलाप तथा एकतको लागी चियापान तथा शुभकामना आदान प्रदान गरिएको नेता माधव दोमासेले बताए । एक आपसमा शुभकामना आदान प्रदान तथा चियापान गरि कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा हजारौ कार्यकर्ताहरुको उपस्थित रहेको नेपाली काग्रेंस बुद्धभुमी नगर समितिले जनाएको छ ।

उता साविक तिर्तिर्खी गाविस यशोधरा गाउंपालिका वडा नं १  इकाइ समितिले समेत वडा दशै दिपावली ,छठ नेपाल सम्वत  पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न  छ । इकाइ सभापति कल्लु गद्धिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं पुर्व सिचाइ राज्य मन्त्री सुरेन्द्रराज आर्चाय,पुर्व पार्टी सभापति सुधाकर पाण्डेय,यशोधरा गाउंपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेय, जिल्ला सदस्य माधव पारजुली, ओम प्रकाश गुप्ता यशोधरा गाउंपालिकाका कार्यपालिका सदस्य सौकिलाल वढई लगायतले शुभकामना दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ