arrow

छ बर्षीया बालिका बलात्कृत

logo
युबराज रेग्मी
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
child-rape.jpg

ईटहरी । सुनसरीको इटहरीमा फेरि अर्की बालिका बलात्कृत भएको घटना बाहिरिएको छ । इटहरी ५ स्थित काव्यबाटिकाका १८ बर्षीय भवानी आचार्यले स्थानीय ६ बर्षीया बालिकालाई बलात्कार गरेको जानकारी बाहिर आएको छ  ।

११ कक्षामा अध्ययनरत रहेका आचार्यले बालिकालाई जर्बजस्ती  करणी गरी बलात्कार गरेको स्थानीयबासीले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डिएसपी शिबकुमार श्रेष्ठका अनुसार घटना केही समय पहिलेको भए पनि शनिबार मात्र उजुरी परेपछि पीडक पक्राउ परेका छन् ।

 ‘हामीले आज उजुरी परेपछि पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौँ’, डिएसपी श्रेष्ठले भने गत कार्तिक ७ गते मात्रै पनि इटहरीमा १४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २६ बर्षीय नवीन बिक पक्राउ परेका थिए । 

दिनानुदिन बलात्कारको घटना सार्वजनिक भइरहेको समयमा पनि यतिबेला देशैभरी बलात्कारको घटना बढिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ