arrow

हुम्लामा कात्तिकमै हिमपात, तापक्रम माइनस छ डिग्री

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
humla-himpat.JPG.jpeg

हुम्ला । हिमाली जिल्ला हुम्लामा आइतबार बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । 

आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । 

शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुन थालेको हो । 

यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । 

कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए । 

आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ