arrow

महतो हत्याको विरोधमा सर्लाही बन्द

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
sarlahi.png

 सर्लाही । सर्लाही । गत कार्तिक १३ सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेसका कार्यकर्ता राम विलास महतोको हत्या र ७ जना घाइते बनाएको बिरोधमा सर्लाही कांग्रेसले जिल्ला बन्द र एक घण्टा ११ देखि १२ बजेसम्म पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा सडक जाम गरेको छ ।

नेपाली कांग्रेसका तर्फबाट रामनगर वडा नं. ४ का  निर्वाचित वडाध्यक्ष राम नरेश महतोको काका  ५५ वर्षिय राम बिलास महतोको मुख र पेटमा गोली हानि नेकपा कार्यकर्ताहरुले ज्यान लिएका थिए । आक्रमणमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेम नारायण महतो,मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका थिए ।

सोहि घटनाको बिरोधमा आइतबार सर्लाही  जिल्ला बन्द र एक घण्टा ११ देखि १२ बजेसम्म पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा सडक जाम गरेको हो। गृहमन्त्री राजीनामा दे, कम्युनिष्ट अधिनायकबाद मुर्दाबाद ,मृतक रामविलासलाई सहिद घोषणा गर ,पिडितलाई क्षतिपुर्ति दे, दोषीलाई पक्राउ गरी छिटै सार्वजनिक गर लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरिएको थियो ।

  जाम पछिको केण सभालाई जिल्ला सहसचिव डेर प्रसाद भटराई, क्षत्रिय सभापति प्रमेद बराल, लाल्वनदी नगर सभापति प्रसान्त आचार्य लगायतका कांग्रेसका स्थानीय नेताले संम्बोधन गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ