arrow

महायज्ञ सञ्चालन गर्न सम्भाव्यता अध्ययन कार्यदल

logo
कौरव खत्री,
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
maha-yagya.jpg

गुल्मी । गुल्मीको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीको अभिभावक तथा बुद्धिजीवीहरुको भेला सम्पन्न  भएको छ ।

 सम्पन्न भेलाले विद्यालयमा  महायज्ञ सञ्चालन गर्नका लागि  बरिष्ठ समाजसेवी राम बहादुर केसीको संयोजकत्वमा २३ सदस्यीय महायज्ञ संम्भाव्यता अध्ययन कार्यदल समितिको गठन गरिएको छ । समिति सह संयोजकमा मदन घिमिरे,सदस्य सचिवमा विद्यालयका शिक्षक सुरेन्द्र नेपाली लगायत  अन्य सदस्यहरु रहेका छन् ।

साथै भेलाले वडाअध्यक्ष लक्षमण खत्रीको अध्यक्षतामा ७ सदस्यीय महायज्ञ संरक्षण समितिको गठन गरिएको छ समितिको सदस्य सचिव विद्यालयका प्रधानाध्यापक तेज बहादुर महत लगायत   अन्य सदस्यहरुमा वडाका जनप्रतिनिधिहरु रहेका छन् ।

उक्त कार्यदल समितिले यहि कार्तिक २० गते बैठक बसि  महायज्ञ सम्वन्धि आवश्यक छलफल गर्ने  निर्णय गरिएको विद्यालयका शिक्षक तथा महायज्ञ संम्भाव्यता अध्ययन काय दल समितिका सदस्य सचिव सुरेन्द्र नेपालीले जानकारी दिए ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चानार्थको लागि महायज्ञ गर्न लागिएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ