arrow

नि:शुल्क शल्यक्रिया गर्ने मेडिकल मिसन अमेरिकाका टोलीलाई सम्मान

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
okhal.JPG

धनकुटा । गरिव, असायह र पहुच विहिनहरुका लागि संचालन भएको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा शल्यक्रिया गरी  महत्वपूर्ण सहयोग गरेकोमा मेडिकल मिसन अमेरीकाका टोलीलाई शिविरको सम्मान समारोहमा सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरिएको छ ।

धनकुटामा गरिव, असायह र पहुँच विहिनहरुका लागि संचालन भएको वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विरामीहरुको शल्यक्रिया गरी महत्वपूर्ण सहयोग गर्नु भएका अलोहा मेडिकल मिसिन अमेरिकाका बिशेषज्ञ स्वास्थ्यकर्मीहरुको टोलीलाई प्रमाण पत्र वितरण गर्दै उनिहरुको सम्मानमा विशेष नेपाली कल्चर झल्कने सांस्कृति  कार्यक्रमको आयोजना गरिएको  हो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राई,प्रदेश सभाका सदस्यहरु निरन राई,इन्द्रमणी पराजुली,बिना राई,कुसुम कुमारी श्रेष्ठ,जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान,शिविर व्यवस्थापन तथा संचालन समितिका संयोजक रोशेष श्रेष्ठ लगायतले विशेषज्ञ स्वास्थ्य कर्मीहरुको टोली र काठमाण्डौ ,धरानबाट आएका स्वास्थ्यकर्मीहरुलाई र धनकुटा अस्पतालका स्वास्थ्यकर्मीहरु र स्वयमसेवकहरुलाई प्रसंशा पत्र वितरण गरेका थिए ।
 
सो अवसरमा प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राई ,अलोहा मेडिकल मिसन अमेरीकाका टिम लिडर डा. विकास गुप्ताजिल्ला समन्वय समितिका प्रमुख टंक चुवान,सल्भ नेपालका कार्यकारी निर्देशक राजेन्द्र वहादुर प्रधान,धनकुटा अस्पतालका प्रमुख डा. अमिताप ठाकुर लगायतले शिविर महत्वपूर्ण र उपलब्धीपूर्ण रहेका वताए।

शिविर व्यवस्थापन तथा संचान समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिविरमा भएको प्रगती सदस्य पुरेन्द्रलाल श्रेष्ठले प्रकाश पारेका थिए  भने कार्यक्रमको संचालन माधव भण्डारीले गरेका थिए । अथितिहरुको सम्मानमा बहुमुखी पाठशाला धनकुटाले नेपाली काल्चर झल्कने नृत्यहरु समेत प्रस्तुत गरेको थियो ।

वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण गरिएको शिविर आयोजक समितिका सचिव विजय सन्तोषी राईले वताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ