arrow

वाम नेता तुलाधरलाई प्रधानमन्त्रीकाे ट्वीटरबाट श्रद्धाञ्जलि  

अन्त्येष्टि शोभाभगवतीमा 

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
kp-oli6.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व स्वास्थ्यमन्त्री एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनले आफु निकै दुःखी भएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै तुलाधरको निधनले दुःखी भएको बताएका हुन् । आइतबार दिउँसो थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा नेता तुलाधरको निधन भएको हो । 

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खबर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्‍याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ भनेका छन् । 

७७ वर्षका तुलाधर मस्तिष्कघात भएर अस्पताल भर्ना भएका थिए । परिवारका सदस्यहरुले छातीको गम्भीर सङ्क्रमणले बढी थला पारेको बताएका छन् । नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका तुलाधर पूर्व स्वास्थ्य तथा श्रममन्त्री हुन् । उनले नेपालको शान्ति प्रक्रियामा समेत ठूलो योगदान गरे ।  

उनी पत्रकार तथा साहित्यकार पनि हुन् । तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ