arrow

तुलाधरः बाबुरामले सबैभन्दा आदर गर्ने व्यक्तित्व

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
tuladhar1.jpg

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूले सबैभन्दा आदर गर्ने व्यक्तित्व पद्मरत्न तुलाधर रहेको बताएका छन् । 

वाम नेता पद्मरत्न तुलाधरको निधनको खबर थाहा पाउनेवित्तिकै डा. भट्टराईले ट्वीट गर्दै तुलाधर नै आफूले सबैभन्दा आदर गर्ने व्यक्ति रहेको बताएका हुन् । 

उनले ट्वीटरमा भनेका छन्, ‘नेपाली इतिहासका एक असाधारण व्यक्तित्व, समावेसी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा मैले सबभन्दा आदर गर्नेमध्येका असल मानव पद्मरत्न तुलाधरको निधनले मर्माहत भएको छु । वहाँप्रति श्रद्धासुमनस शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना !!’

मानव अधिकारवादी र भाषा आन्दोलनका अगुवा समेत रहेका तुलाधरको आइतबार दिउँसो काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । ७७ वर्षका तुलाधर मस्तिष्कघात भएर अस्पताल भर्ना भएका थिए । परिवारका सदस्यहरुले छातीको गम्भीर सङ्क्रमणले बढी

थला पारेको बताएका छन् । नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका तुलाधर पूर्व स्वास्थ्य तथा श्रममन्त्री हुन् । उनले नेपालको शान्ति प्रक्रियामा समेत ठूलो योगदान गरे ।  

उनी पत्रकार तथा साहित्यकार पनि हुन् । तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार टेकुस्थित शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ