arrow

तासको खालबाट तीन जुवाडे पक्राउ

logo
वद्री नयाँघरे,
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
juwa-ko-khal.jpg.jpeg

रामेछाप। जिल्ला प्रहरी कार्यालय रामेछापले तास खेल्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ। सुराकिको आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले शनिवार राती मन्थली वजार को राम वहादुर पुरिको घरवाट तास खेल्दै गरेको अवस्थामा पुर्व एमाले पार्टिका क्षेत्र नं २ का अध्यक्ष पे्रम तामाङ,घरवेटी रामवहादुर पुरी खाँडादेवी गाउँपालीका ८ का ३३ वर्षिय रमेश तामाङलाई पक्राउ गरेको हो।

सर्वपक्षिय बैठक र सार्वजनिक सुचना मार्फत जुवा तास नखेल्न र नखेलाउन अनुरोध गर्दै आएको प्रहरीले खेलेर र खेलाएको पाइए जो कोहीलाई पनि कारवाहीको दायरमा ल्याउने बताए। नजिकीदै गरेको दिपावलीको संघारमा मन्थलीको मुख्य वजारमा नै तास खेल्दै गरेका तीनजनालाई नगद ३२ हजार रुपैयाँ र ४ वटा मोवाइल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए।

चाडवाडको समयमा जुवा र तासको खेल र मदिराको सेवनले व्यक्तिगत सम्पत्ती नष्ट हुनुको साथै सामाजिक सुरक्षामा समेत खलवल पुग्नसक्ने भन्दै प्रहरीले गत वडादशै अघि देखीनै जुवा, तास र मदिरा विरोधी अभियान संचालन गर्दै आएको छ।

पक्राउ परेका तीनजनालाई जिल्ला अदालत मन्थलीवाट कानुन अनुसार आइतवार दश दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखि थप अनुसन्धान भइरहेको पनि प्रहरी निरिक्षक थापाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ