arrow

हेलिकोप्टरबाट उद्धार गरिएका बालकको मृत्यु

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
Ramechhap-hamrakura.jpg.jpeg

रामेछाप। आइतवार दिउँसो हेलिकोप्टरबाट उद्धार गरिएका र सिन्धुली जिल्ला जरायटारका चार वर्षिय वालक मन्दीप तामाङको उपचारको क्रममा मृत्यु भएको छ। बालकको काठमाण्डौं स्थित कान्तीवाल अस्पताल महाराजगंजमा मृत्यु भएको हो। रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं–४ प्रितीको मामाघरमा दशैंको टिका लगाउन आएका मन्दीप आइतवार विहान एक्कासी विहोस भएर ढलेका थिए।

बालक वेहोस भएपछि मन्दीपका मावली परिवारले उद्धार र थप उपचारको लागि नेपाली काँग्रेसका नेता एवं नेपाली काँग्रेसको तर्फवाट प्रतिनिधिसभामा उम्मेदवार बनेका पूर्णवहादुर तामाङ (कान्छाराम) लाई खवर गरेका थिए। 

सोही सूचनाका आधारमा हेलिकोप्टर लिएर गाउँमै पुगेका कान्छारामले विरामीलाई उद्धार गरि कान्तीवाल अस्पतालमा भर्ना गरेका थिए। उपचारको क्रममा बालक मन्दीपको मृत्यु भएको निजका स्वकीय सचिव सुरेश सुवेदीले जानकारी दिए।

वच्चाको मृत्यु भएपछि दुःखीत बनेका कान्छारामले आफुले उद्धार गरि अस्पतालसम्म पुर्याएको र डाक्टरले हदैसम्मको प्रयास गर्दा पनि बालकलाई बचाउन नसकेकोमा आफुलाई पनि दुःख लागेको बताए। 

पाँच दिन अघि सोही ठाउँमा अरिगालंको टोकाइवाट गम्भिर घाइते भएका एकै परिवारका तीनजनालाई पनि कान्छाराम आफैले हेलिकोप्टर मार्फत उद्धार गरी वचाएका थिए। राजनितिक सँगै सामाजिक काममा पनि जिल्लामा प्रख्याती कमाउँदै आएका कान्छारामले यसअघि पनि पटक–पटक हेलिकोप्टर मार्फत उद्धार गरि सर्वसाधारणको ज्यान जोगाउने काममा क्रियासिल रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ