arrow

दूर्गममा हर्ष : पहिलो पटक गाडी पुग्दा दार्मावासीको मनै फुरुङ्ग

logo
आगमन केसी,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
bus.jpg

खलंगा। सल्यान जिल्लाको दार्मा गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीयहरु हर्षित भएका छन्। जिल्ला सदरमुकाम खलंगाबाट उत्तरी भेगमा पर्ने दार्मा गाउँपालिकाको वडा नं १ र २ मा पहिलो पटक गाडी पुग्दा स्थानीयहरु हर्षित भएका हुन्। जनश्रमदानबाट स्थानीयले ठानागाउँ, बिष्टगाउँ, काफलगैरा, किमटाकुराका गाउँमा मैदान–नुवाकोट सडक खण्ड अन्तर्गत ६ किमी सडक रहेको काफलगैरामा गाडी पुगेको हो। आइतबार राप्ती सार्वजनिक यातायात समितिद्वारा सञ्चालित गाडी पुगेको थियो। 
  
गाडी पुगेपछि एक विशेष कार्यक्रम आयोजना गर्दै वडा नं २ का वडाअध्यक्ष डिल्ली केसी पासाङले आफू विकास निर्माण कार्यमा कटिबद्ध भएको र आफ्नो  एजेन्डा नै विकास र समृद्धिमात्र भएको बताए। उनले स्थानीय सरकारको विशेष पहलमा बस ल्याउन सफल भएको जानकारी दिए। त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस सल्यानका पूर्व सहसचिव समेत रहेका नेता रामचन्द्र केसीले स्थानीय जनताको श्रमदानबाट यो सम्भव भएको बताउँदै स्थानीय जनतालाई धन्यवाद समेत दिएका थिए।

उनले आफ्नो सकृयतामा यो सडक निर्माण भएको र आफू स्थानीय निकायको चुनावमा पराजित भएपनि आफूले चुनावका बेला जनतासामु गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताउँदै जनताको साथ सहयोग पाएर आफु समृद्ध दार्मा निर्माणमा कटिबद्ध भएर निरन्तर लाग्ने बताएका थिए। अब यो सडकखण्डमा सधै गाडी आउने व्यवस्था मिलाए स्थानीयलाई झुल्नेटा गएर सदरमुकाम खलगा पुग्न लामो यात्रा गर्नपर्दैन। यातायातको सहजता भए सिधै काफलगैरा–फारुला हुदै श्रीनगर पुग्न सकिने छ।

कार्यक्रममा गाउँवेशी युवा क्लवका अध्यक्ष राजेन्द्र केसीको समेत सहभागिता रहेको थियो त्यस्तै स्थानीय बुद्धिजीवि समाजसेवी, नागरिक अभियन्ता र स्थानीय  जनताको सहभागीता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ