प्रदेश २ ले प्रहरी सम्बन्धी ल्याएको विधेयक सरकारले रोक्न नहुने : डा.रिजाल
किरण न्यौपाने,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
692
Shares
रंगेली । प्रतिनिधि सभा सदस्य एव पुर्व सुचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले प्रदेश नं.२ ले प्रहरी सम्बन्धी ल्याएको विधेयक ल्याउनै हुन्न भनेर सरकारले रोक्न नहुने बताएका छन् ।
नेपाली कांग्रेस रतुवामाई नगरपालीकाले आइतबार मोरङ्गको झुर्कियामा आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डा.रिजालले प्रदेश नं.२ ले ल्याएको प्रहरी सम्बन्धी विधेयकले केन्द्रको क्षेत्रधिकार अतिक्रमण भएको छ भने त्यसलाई रोक्ने हो त्यसमा हामी पनि सरकारलाई सहयोग गर्छ तर विधेयक ल्याउनै हुन्न भनेर सरकारले रोक्न नमिल्ने बताएका हुन् ।
उनले प्रदेशलाई प्रहरी, लोकसेवा र कर्मचारी व्यवस्थापनका लागी अधिकार दिएको हो तर केन्द्रको अधिकारसंग नबाझिने गरी मिलाएर अघि बढ्नु पर्ने बताएका थिए । उनले अन्तर प्रदेश समन्वय परिषद् बाट हामी सरकारको सहयोग गछौ तर संघियताको बाटो अगाडी बढेको मुलकमा वडा, नगर, प्रदेश लाई दिएको अधिकार नेपाली कांग्रेसले खोस्न नदिने बताएका थिए ।
उनले संघियताको माध्यमबाट राष्ट्रीयता अझ मजबुत बनाउने हो, हरेक नेपालीको सम्मान स्थापीत गर्ने तर अहिलेको सरकारले गणतन्त्रलाई समाप्त गर्न खोजेको बताएका थिए । डा. रिजालले कानुन बन्ने प्रक्रियामा रहेकाले जन्मसिद्धका आघारमा नागरिकता भएका सन्तानको समेत नागरिकता बन्ने र नागरिकता सम्बन्धी समस्या समाधान हुने बताए ।