चितुवा नियन्त्रण गर्न माग गर्दै अर्घाखाँचीका युवाद्धारा गृहमन्त्रीलाई ज्ञापनपत्र
घनश्याम पौडेल,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
575
Shares
काठमाडौं। अर्घाखाँची जिल्लामा नरभक्षी चितुवाको आक्रमणबाट दैनिक बालबालिकाको ज्यान गएको छ । ज्यान जादाँ सम्बन्धीत निकाय मौन रहेको भन्दै अर्घाखाँची जिल्लाका युवाहरुले आईतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएका छन् ।
अर्घाखाँचीमा बिगत ५ बर्षको समयमा चितुवाको आक्रमणबाट १५ जना बच्चाले ज्यान गुमाई सक्दापनी सम्बन्धीत निकायले ध्यान नदिएको भन्दै ध्यानाकर्षण गराइएको नेविंसघका पुर्व जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताए ।
चितुवा नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीय वासीले बाघ खोर झाडी सफाई लगायतका काम गर्दै आउदा पनि चितुवाको आक्रमण रोकिएको छैन । यहाँका बासिन्दाहरु चितुवाको आक्रमणबाट निकै त्रसित छन, जसको कारण बाल मनोबिज्ञानमा समेत असर परेको छ ।
समस्याको दीर्घकालीन समाधान र मृत्यु भएमा परिवारको लागि उचित क्षतिपूर्तिको साथै घाईतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँन आवश्यक पहल मिलाईदिनुहुन भनी गृहमन्त्रीलाई ध्यानाकर्षण गराईएको हो ।
गृहमन्त्री थापाले ज्ञापत्रपत्र बुझदै चितुवा नियन्त्रणका लागि सुरक्षाकर्मीहरु खटाउँने र प्रमुख जिल्ला अधिकारीसँग सोधपुछ गर्ने बताए । दीर्घकालीन समस्या समाधानको लागि आफु लागी पर्ने थापाको भनाई छ ।
ज्ञापन पत्र बुझाउँन शिवदेव पाण्डे, प्रकाशचन्द्र भट्टराई, खिमप्रसाद घिमिरे, ठाकुर पन्थी, सचिन पाण्डे, टेकराज बेल्बासे लगाएत गृहमन्त्री थापालाई भेट्न गएका थिए ।