arrow

५ दिनको अवधिमा २ लाख वढिको पटका बरामद : डिआइजी अधिकारी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
pitamber-adhikari.jpg

बुटवल ।  प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारीले  चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाइ नहुने बताएका छन् ।

उनले तिहार छठ नेपालसम्बत जस्ता चार्डपर्वको मौकामा संगठित अपराध गर्नेहरु कानुनी कठघरमा ल्याएरै छाड्ने ठोकुवा गरे । रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले सुरक्षा बिना बिकास सम्भब नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको बताए ।

उनले भने – ‘पटका ल्याउन, बेच्न, पट्काउन केहि गर्न पनि पाइदैन, यो ५ दिनको अबधिमा  २ लाख २७ हजार ५ सय १७ मुल्यको बराबरको पटका बरामद गरेका छौं ।’ पक्राउ परेकाहरुलाइ बिस्पोटक पदार्थ सम्बन्धि मुद्धा दर्ता भैसकेको उनले बताए ।

प्रदेश ५ मा ५० लाख जनसंख्याको लागि १० हजार प्रहरी मात्रै रहेको भन्दै यो संख्या थोरै भएकाले समयसापेक्ष बनाउनुपर्ने बताए । ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम र कर्तब्यमा कोहिपनि बिचलित हुनुहुन्न,कहिकतै अबान्छित घटना हुन दिन्नौं ’– उनले भने ।

प्रदेश न ५ मा ठूला ब्यापारिक नाका रहेको भन्दै उनले सडकमा हुने अराजकता पनि रोक्ने प्रतिबद्धता जनाए । ‘सीमा क्षेत्रबाट ठूला ठूला ट्रक पनि छोप्यौं ओभरलोड बोक्ने नियन्त्रणमा राखेका छौं, सडकमा कानुनको खिल्ली उठाउने कसैलाइ अधिकार छैन ।’
 
उनले प्रदेश ५ मा ट्राफिक ब्यबस्थापनमा नयाँ ठोस योजनामा नया नियम ल्याउदै गरेको समेत जानकारी दिए । उपमहानगरहरुमा नो हर्न एरिया तोक्ने र स्पीड नियन्त्रण गर्ने अभियान केहि दिनमा शुरु हुने उनको भनाइ छ ।

‘यो प्रदेशमा मुख्य गरि लागु औषध ,सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा छन् ,हामीले यसलाई न्युनिकरणतर्फ रणनीति नै बनाएर लागेका छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ