arrow

सडकमा उम्रियो घाँस

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
grass-road.jpg

कृष्णनगर । लामो समयदेखि सडकको धूलो खेप्दै बसेका कपिलवस्तु शिवराज नगरपालिका–५ का ग्यालेक्सी टोलका बासिन्दा सडक कालोपत्रे हुँदै गर्दा खुशी भएका थिए । धूलोको सास्ती खेप्नु नपर्ला भनी खुशी भएका स्थानीयवासी सडक पीच भएको एक महीना नबित्दै घाँस उम्रिएपछि हैरान भएका छन् ।

उपभोक्ता समितिले केसी कन्स्ट्रक्शनलाई निर्माण गर्न दिएको सडक ५०० मिटर लम्बाइ र ५.५ मिटर चौडाइको छ । पीच बाटामा घाँस उम्रिएपछि निर्माण कम्पनीले गुणस्तरहीन बाटो निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष विष्णु हमालले आरोप लगाएका छन् ।

सडक पीच गर्दा कमसल सामग्रीको प्रयोग गरेकाले दुबो उम्रिएको स्थानीयवासी अशोक पोखरेलले बताउनुभयो । ठेकेदारको लापरवाही र प्राविधिकको कमजोरीका कारण सडकमा घाँस उम्रिएको स्थानीयवासीले बताएका छन् ।

रु ५० लाखको लागतमा बनेको सो पिच सडकको गुणस्तर मापन नगरी पास गर्नु प्राविधिकको कमजोरी भएको स्थानीयवासीले बताएका छन् । सडकमा घाँस उम्रियो भन्ने खबर आएपछि नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बाटोको अनुगमन गर्दै सडक निर्माण गर्दा भएको कमजोरीलाई सुधार गर्नुपर्ने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ