arrow

गल्कोट महोत्सवले गल्कोट क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण भुमिका खेल्यो: नगरप्रमुख गैरे

logo
कौरव खत्री,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
galkot1.jpg

गुल्मी । बाग्लुङ्गको गलकोटमा सञ्चालन भएको प्रथम गल्कोट महोत्सव आईतवार सम्पन्न भएको छ । महोत्सवको समापन  समहारोहलाई सम्वोधन गदै कार्यक्रमका प्रमुख अतिथि गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले उद्योग वाणिज्य संघ गल्कोट ईकाईले आयोजना गरेको गल्कोट महोत्सव, आफैमा सुखद पक्ष भएको बताउदै यसले गल्कोट क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

 गल्कोटको समृद्धिको लागी नगरपालिकाले विशेष योजना बनाएको चर्चा गर्दै नगरप्रमुख गैरेले गल्कोट प्राकृतिक र साँस्कृतिक रुपले धनी क्षेत्र भएको हुँदा नगरपालिकाले यहाँको स्रोत र साधनलाई अधिकतम उपयोग गरि गल्कोट समृद्ध गराउने बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दीपेन्द्र बहादुर थापा, नेकपाका गल्कोट प्रतिनिधि बुल बहादुर केसी, नेपाली काग्रेसका नगर सभापति नारायणध्वज मल्ल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । प्रथम गल्कोट महोत्सवमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगिता समय अभावका कारण आज बिहान १० बजे सञ्चालन गरिने आयोजकले जनाएको छ ।

आईतबार मनसुन रेष्टुरेण्ट हटिया र गल्कोट मोडनाईज एकेडेमी बिचको फाईनल खेलमा दुवै समुहले २, २ सेट जित हासिल गरेका थिए । अन्तिम सेटको लागी समय अभाव भएसँगै भोलि बिहान खेल हुने भलिबल संयोजक दिलिप श्रेष्ठले जानकारी दिए ।

आयोजकका अनुसार अन्य सम्पुर्ण प्रतियोगिताहरु भने आईतबार नै सम्पन्न भएका छन । खुल्ला गल्कोट आईडलमा आरती आले प्रथम, सुष्मिता क्षेत्री व्दितिय र भरोशा क्षेत्री तृतिय भएका छन । खुल्ला रत्यौली गीत प्रतियोतिामा रमाईलो आमा समुह दुदिलाभाटी प्रथम, सिर्जनशील आमा समुह व्दितिय र जनसिर्जनशील आमा समुह तृतिय भएका छन ।

खुल्ला दोहोरीगीत प्रतियोगितामा काठमाडौ कला केन्द्र प्रथम, साईनो रोदी घर व्दितिय र पोखरा कला केन्द्र तृतिय भएका छन । खुल्ला डबल ब्याटमिन्टन प्रतियोतिा हरिचौर प्रथम र बुर्तिबाङ व्दितिय भएका छन । महोत्सवको अन्तिम दिनको कार्यक्रममा कलाकार प्रकाश सपुत र सम्झना भण्डारीको सांस्कृतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रम उद्योग बाणिज्य संद्य गल्कोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष ढालेन्द्रप्रसाद गौतमको स्वागत मन्तब्य र महासचिव हिम बहादुर भण्डारी हेमन्तको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै साँगीतिक कार्यक्रमको सञ्चालन कलाकार चोलेन्द्र पौडेल र खेलकुदका कार्यक्रम गुमानसिह भण्डारीले सञ्चालन गरेका थिए । महोत्सवमा नेपाली सिने जगतका महानायक राजेश हमाललाई हेर्न मानौँ गल्कोटमा मानव सागर नै उर्लिएको थियो ।

। महोत्सवमा पूर्व प्रचारित क्यानोनिङ (छाँगावरोण) हुन सकेन तर प्याराग्लाईडिङले उडान भर्दा गल्कोटवासीले निकै रमाईलो संग हेरे ।

कला, सँस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रर्वद्धन भन्ने मुल नारालाई आत्मसाथ गदैं कात्तिक ९ गतेदेखि १८ गतेसम्म सन्चालित गल्कोट महोत्सवले विशेष गरि कला संस्कृति खेलकुद र पर्यटन क्षेत्रको वृद्धि विकास र  संरक्षण र प्रर्वद्धनमा थप बल पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ