arrow

सङ्घीयताको मर्म बोध नगर्दा प्राप्त उपलब्धी संस्थागत गर्न समस्याः प्रचण्ड

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
prachandas.jpg

विराटनगर ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारी संयन्त्रले राजनीतिक परिवर्तनको मर्म बोध नगर्दा प्राप्त उपलब्धि संस्थागत गर्न समस्या भइरहेको बताएका छन् ।

नेकपा मोरङद्वारा सोमबार यहाँ आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले भने, “राजनीतिक नेतृत्वले सङ्घीयताको मर्म कर्मचारी संयन्त्रलाई बुझाउन नसकेकाले कार्यान्वयनमा समस्या उत्पन्न भएको छ । ”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले मन्त्रीहरुले पनि कर्मचारीलाई परिवर्तनको मर्म बुझाउनेभन्दा उनीहरुबाटै प्रशिक्षित भएर यथास्थितिमा रमाउने खतरा देखिएकाले यसप्रति सचेत हुन आग्रह गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको नयाँ ऐन बनाएर आगाडि बढ्नुपर्नेमा जोड दिए।

सरकारले दीर्घकालीन महत्वका कामहरुलाई जोड दिँदा तात्कालिक काम ओझेलमा परेको स्वीकार गर्दै उनले अब सरकारले जनताले अनुभूत गर्नेगरी काम गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले सडकका खाल्डाखुल्डी पुर्नेदेखि सुकुम्वासी समस्याको समाधान र सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नेतर्फ पनि सरकार अघि बढेको जानकारी दिए।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले जनताले देखेको विकास र समृद्धिको सपनालाई वर्तमान सरकार पूरा गर्न सफल हुने विश्वास व्यक्त गर्दै विकास निर्माणका कामलाई गति दिन, सबै प्रकारका विभेद्को अन्त्य र सामाजिक न्यायको सुनिश्चितता गर्नमा सरकार सफल हुने धारणा व्यक्त गरे । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ