नेकपाले हत्या गरेका महतोको शव परिवारले बुझ्यो, मनुष्मार नदीमा दाह संस्कार
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
474
Shares
सर्लाही । गत कार्तिक १३ सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका कार्यकर्ताले हत्या गरेका राम विलास महतोको शव परिवारले बुझेका छन् । महतोको सोमबार सर्लाहीको मनुष्मार नदीमा दाहा संस्कार गरिएको छ।
नेपाली कांग्रेसका तर्फबाट रामनगर वडा नं. ४ का निर्वाचित वडाध्यक्ष राम नरेश महतोको काका ५५ वर्षिय राम बिलास महतोको मुख र पेटमा गोली हानि नेकपा कार्यकर्ताहरुले ज्यान लिएका थिए । आक्रमणमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेम नारायण महतो,मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका थिए ।