arrow

महंगी, भ्रष्टाचार तत्काल नियन्त्रण गर्न लोकतान्त्रिक गठनवन्धनको माग

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
gathbandhan.JPG

धनकुटा । महंगी भ्रष्टाचार दिन प्रतिदिन तिव्र रुपमा बढ्दै गएकाले तत्काल नियन्त्रण गरी नागरिकलाई राहत दिनु पर्ने बुधबार धनकुटाको उत्तरपानीमा संयूक्त लोकतान्त्रिक गठनवन्धनद्धारा आयोजित शुभ कामना आदन प्रदान कार्यक्रममा नेताहरुले सरकारसंग आग्रह गरेका छन ।

  सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले महत्वपूर्ण चाड पर्वको समयमा महंगी वृद्धि भएकाले जनतालाई ठूलो आहात पुगेकोले तत्काल महंगीलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिदै शुभ कामना व्यक्त गरेका थिए ।

यस्तैगरी नेपाली कांग्रेस धनकुटका पूर्व सभापति हरी कुमार राई,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु कमोट फागो,ज्ञान वहादुर गुरुङ्ग,सुमना तिम्सिना,राप्रपा प्रजातान्त्रिकका क्षेत्रिय सभापति श्याम गुरुङ्ग,नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि दिलराज घिसिङ्ग, युवा नेता विष्णु मोक्तान, धन वहादुर मोक्तान, यूवा समाजसेवी जयन्द्र घिसिङ्ग लगायतले तिहार तथा नेपाल सम्वत र छडको शुभ कामना व्यक्त गर्दै महंगी तथा वृद्धि गरिएको करलाइ तत्काल घटाउनु पर्ने र भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारसंग माग गरेका छन् ।

नेपाली कांग्रेस उत्तरपानीका अविभावक पहलमान घिसिङ्गको अध्यक्षतमा सम्पन्न भएको शुभ कामना आदन प्रदान कार्यक्रममा स्वागत मन्तव्य डि वि मोक्तानले गरेका थिए भने कार्यक्रमको संचालन राप्रपा प्रजातान्त्रिका उत्तरपानीका नेता लोकेन्द्र घिसिङ्गले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ९ का सभापति दामोदर सुवेदी,नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत,नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष टेक वहादुर कुवर,धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष सरोज धमला,तरुण दलका सहसचिव यम कुमार श्रेष्ठ,नेपाली कांग्रस पाख्रिवासका नेता भक्त गुरुङ्ग,प्रेम भण्डारी,उत्तरपानीका नेता किरण श्रेष्ठ लगायत नेपाली कांग्रेस तथा राप्रपा प्रजातान्त्रिक उत्तरपानीका नेता तथा  कार्यकर्ता समर्थकहरुले एक आपसमा शुभ कामना आदन प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ