arrow

झिनियाको कारोवार तिहारमा ह्वात्तै बढ्यो

logo
कौरव खत्री,
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
jiniya.jpg

गुल्मी । गुल्मीको वामीटक्सारमा तिहार निजिकीदै गर्दा झिनियाको कारोवार राम्रो हुदै गएको छ । मुसिकोट नगरपालिका ७ को वामीटक्सार बजारमा तिहार नजिकिएसँगै यो सिजनमा मात्रै झण्डै ४५ लाख सम्मको झिनियाको व्यापार हुने स्थानीय झिनिया व्यवसायी शाक्यले जानकारी दिए ।साथै तिहार आएसँगै झिनियाको कारोवारमा समेत वृद्धि आएको छ ।

पछिल्ला केही बर्षहरुमा भने बाह्रै महिना झिनियाको राम्रो खपत र व्यापार हुन थालेपछि आजभोलि बजारमा झिनिया व्यवसायीहरु वृद्धि भएर झण्डै ७०-८० जना पुगेको स्थानीय व्यापारी शाक्यले जानकारी दिए ।

वामीटक्सार बजारमा यतिबेला विभिन्न रङले सजिएका झिनियाले  बजारका प्राय सबै पसलहरु झिनियामय बनेको छ ।

तिहारको सिजन मात्र झण्डै २ लाख सम्म झिनियाको व्यापार गर्ने र बनाएर राखेका झिनिया सबै खपत हुने आफूलाई झिनिया पुर्‍याउन समेत धौ धौ हुने गरेको स्थानीय झिनिया व्यापारी बिष्णुमति श्रेष्ठले बताइन ।

बजारमा यतिबेला कसैलाई झिनिया बनाउन र सुकाउन व्यस्त छन् भने कसैलाई झिनिया बेच्नमै व्यस्त रहेका छन् ।

वामीटक्सार बजारमा उत्पादन हुने झिनिया जिल्लाका विभिन्न स्थानीय बजार र छिमेकी जिल्ला तथा स्थानीय बजार एवं गाँउघरमा  समेत खपत हुने गरेको पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ