काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे बुधबार बेलायत प्रस्थान गरेकी छन् । एयर इन्डियाको विमानबाट बिहान साढे १० बजे तुम्बाहाङ्फे बेलायत प्रस्थान गरेकी हुन् ।
महिलाहरुलाई पनि मताधिकार प्रदान गरिएको १ सय वर्ष पुगेको सन्दर्भमा नोभेम्बर ८ र ९ मा लण्डनमा महिला सांसदहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन तुम्बाहाङ्फे बेलायत गएकी हुन् ।
बेलायत प्रस्थान गर्नुअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै तुम्बाहाङ्फेले औपचारिक-अनौपचारिक फोरमहरुमा नेपालको संसदीय व्यवस्था, महिलाहरुको उपस्थितिलगायतका विषयमा छलफल गर्ने जानकारी दिइन् ।
सम्मेलनमा उपसभामुख तुम्बाहाङ्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम रहेको छन् । उनले सम्मेलन सकिएपछि पनि नेपाली समूदायले गर्ने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ।
लण्डनस्थित नेपाली दूतावासले पनि उपसभामुखको सहभागिता रहने केहि कार्यक्रमहरु तय गरिसकेको जनाएको छन् । नोभेम्बर १० तारिख शनिबार बिहान ‘भिजिट नेपाल– २०२०’ को प्रबद्र्धनका लागि एक उच्चस्तरीय समिति घोषणा गर्न दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख सहभागी हुने कार्यक्रम छन् । त्यस्तै, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सस“गको सहकार्यमा नोभेम्बर १३ को सा“झ दूतावासमै हुने नेपाल डेभलपमेन्ट कन्फरेन्समा पनि उहा“को सहभागिता रहनेछन् ।