arrow

धनकुटाबाट सयौं पहुँचविहिन तथा गरिव असाहयले नयाँ जीवन पाए

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
sibir-dhankuta.jpg

धनकुटा । अलोहा मेडिकल मिसनका विशेषज्ञ स्वास्थ्यकर्मीहरुले धनकुटा अस्पतालमा १३ दिनमा धनकुटा लगायत विभिन्न १७ जिल्लाका सयौं पहुँच विहन तथा गरिव असाहयको  नि:शुल्क शल्यक्रिया गरी उपचार गरिदिएपछि नयाँ जिवन पाएका छन् ।

बिहिबार आयोजिक समितिले विज्ञप्ती जारी गरि धनकुटा अस्पतालमा भएको वृहत शल्यक्रिया शिविरबाट १७ सय ४४ जना विरामी लाभान्वित भएको जानकारी दिए ।
 
गरिव,असाहय तथा पहुँच विहिनहरुका लागि कार्तिक ५ देखि १७ गतेसम्म संचालन भएको शल्यक्रिया शिविरवाट मेजर र माइनरतर्फ उक्त संख्या वरावरको विरामिहरु लाभान्वित भएको आयोजक समितिले पत्रकार सम्मेलन गर्दै शिविर व्यवस्थापन समितिका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

अलोहा हवाइ मेडिकल मिसन अमेरिकाको सहयोगमा सञ्चालन भएको शिविरमा मेजरतर्फ पथ्थरियाको ३१, गाइनो (पाठेघर) को २८, हर्नियाको २२, ठूला गाठागाडी २९, हाइड्रोशील १८, फिसटुलाको ५ गरी कुल १ सय २३ जना विरामी शल्यक्रिया भएको संचालन तथा व्यवस्थापन समितिका सदस्य पुरेन्द्रलाल श्रेष्ठले वताए।

त्यस्तै माइनरतर्फ १ सय ३४, पायल्सको ८३, ५ जनालाई कृत्रिम हात, दाँतका ८ सय ३८ जनाको उपचार भएको शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठले वताए  ।

शिविरमा प्रदेश नं १ का १४ जिल्लासहित अन्य प्रदेशका गरी २० भन्दा बढी जिल्लाका विरामीहरु उपचारका लागि आएको र शिविरमा धनकुटा अस्पतालमा संचालन भएको वृहत नि:शुल्य शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दाँतको उपचार, कृतिम हात वितरण गरिएको शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताए।

शिविरमा अमेरिकी तथा नेपाली अनुभवी तथा विशेषज्ञसहित पाँच दर्जन भन्दा बढी चिकित्सकहरुको टोली उपचारमा संलग्न रहेको शिविर व्यवस्थापन तथा संचालन समितिका सदस्य सावित्रा राईले सुनाइन् ।

शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको पत्रकार सम्मेलनमा धनकुटा अस्पतालका प्रमुख डाक्टर अमिताप ठाकुरले शल्यक्रिया संचालनको वारेमा पत्रकारहरुलाई जानकारी दिएका थिए ।

शिविर संचालन गर्न धनकुटाका सवै स्थानीय तह र विभिन्न संघ संस्था तथा कावेली विकास बैक लगायत वितिय संस्थाहरुबाट आर्थिक सहयोग भएको आर्थिक समितिका संयोजक दोर्ण गुरागाईले वताए ।

 धनकुटामा कार्तिक ५ गते देखी कार्तिक १७ गते सम्म संचालन भएको १३ दिने बृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर २०७५ मा अलोहा मेडिकल मिसन अमेरीकाका टिम लिडर डा विकास गुप्तासहित सवै बिशेषज्ञ डाक्टहरु र नेपालका विशेषज्ञ डाक्टरहरुबाट गरिव असाहय तथा पहुँच विहिनले बर्षौदेखि आर्थिक अभावका कारण रोगका पिडा सहेर बस्दै आएका विरामीहरुको शल्यक्रिया गरी नयाँ जिवन दिएकोमा शिविरमा अहोरात्र खट्ने सवै विशेषज्ञ स्वास्थ्यकर्मीहरुलाई आभार व्यक्त  गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ