arrow

गास र कपासबिना आगलागी पीडित (भिडियोसहित)

logo
उत्तम चौलागाँई,
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
khotang-fire.jpg

दिक्तेल। भनाई छ दशा बाजा बजाएर आउँदैन। कसैले सोचेको पनि हुँदैन यस्तो दशा आउँछ भनेर। घटना नेपालीहरुको दोस्रो महान् पर्व दीपावलीको भाई टिकाका दिन बिहान करिब ३ बजेको हो। खोटाङ सदरमुकाम दिक्तेलबजारस्थित रत्नपार्कमा आगो लाग्यो। स्थानीय अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोले कृष्ण श्रेष्ठकोसमेत घरलाई खरानी पार्यो। छिमेकी राजु श्रेष्ठ, रविध्वजर राई र पेले गुरुङको भने घरको छानो हटाएर जोगाउन सफल भए।

आगो तीन घण्टापछि नियन्त्रणमा आयो। बजारवासी, स्थानीय, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतले आगो नियन्त्रणमा लिने प्रयास गरे। आगोको लप्काले घर जलाईरहेको थियो। सबैको प्रयास र स्काईभेटरको शक्ति प्रयोग गरेर बजार स्वाहा हुन बाट जोगाईयो। अन्य घर त जोगाईयो तर आगोले जलेका घरका समान केही पनि जोगाउन सकिएन। अन्ततः आगो नियन्त्रणमा आयो तर आगोलागी पीडितसंग जिउमा लगाएका कपडा शिवाय अरु केही छैन। 

आगोले उनिहरुको घर त खायो नै तर चार्डपर्वको बेला मन पनि जलेर खरानी बनायो। समस्या बजारवासीको यतिखेर मात्र हैन। दिक्तेलबजार जस्ताका छाना भएको बजार हो। कच्ची घर बाक्लो बजार रहेको दिक्तेलबजार जहिले पनि जल्न सक्छ। यदि जलिहाल्यो भने जोगाउन सकिने संभावना न्युन हुन्छ भन्दै यस्ता घटनालाई न्यूनिकरण गर्न थुप्रै संघसस्था, विभिन्न निकाय लागि नपरेका हैनन्।

करिब २ वर्षअघि बिद्युत सर्ट भएर सोहि स्थानमा आगोलागी हुँदा तीन घर जलेर खरानी भएका थिए। सो बेला हिरालाल पुरीको घरमा बिद्युत सर्ट भएर लागेको आगोले छिमेकी केशव दाहाल र दानबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो। रविध्वज राई र हर्कबहादुर राईको घरको छानो फालेर अन्य घर जोगाईएको थियो।

नगरपालिकामा दमकलको व्यवस्था अनिवार्य हो। त्यो वेला तत्कालिन दिक्तेल नगरपालिकाको दमकल आगो नियन्त्रणमा ल्याउन गएको थियो। तर दमकल त्यहि बेला बिग्रिएर काम नगरेपछि स्थानीयको आक्रोश बोकेर भागेको थियो। त्यो दमकल हालसम्म बेखवर छ। तत्कालिन दिक्तेल नगरपालिकाले खरिद गरेको दमकलमा नगरको राम्रै लगानी परेपनि थोत्रो दमकल खरिद भएको भनेर त्यत्तिवेला व्यापक आलोचना पनि भयो।

त्यसपछि बनाउनका लागि लैजाँदै गर्दा हलेसी तुवाचुङ नगरपालिकाको अख्रौलेमा विग्रिए थन्किएको दमल अहिले कहाँ छ कसैलाई थाहा छैन। यतिखेरको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पनि दमकलको व्यवस्था गर्न ‘प्रेसर’ नभएको होईन, तर नगरले दमकल व्यवस्था गर्न चासो नदिदा र दमकल तयारी अवस्थामा नराखिँँदा ठुलो क्षति व्यहोर्नु परेको बजारबासीको गुनासो छ।

दमकल भएको भए केहि हदसम्म क्षतिलाई न्युनिकरण गर्न सकिन्थ्यो भन्दै नगरपालिकासंग यतिखेर स्थानीय आक्रोशत बनेका छन्। आगलागीका कारण भएको अधिकारिक क्षतिको विवरण आउन बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ