arrow

राष्ट्रपतिबाट भाइटीका

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
bidhya-bhandari-bhai-tika.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उनसँग आशीर्वाद लिए ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ