काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाएका छन्। प्रधानमन्त्री ओलीलाई भाञ्जीहरू देवका शिवाकोटी र इन्दिरा शिवाकोटीले पनि टीका लगाइदिए।
टीका लगाइदिएपछि उनिहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै उनीहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए। प्रधानमन्त्रीले बहिनीद्वय र भाञ्जीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे।