कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर: प्रकाशमान सिंह
प्रकाशित २०७५ कार्तिक २४ शनिबार
336
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पद प्रतिष्ठा र कुर्सिको लागि जे सुकै गर्न तयार हुने आजको अवस्थामा प्रधानमन्त्रीको पद समेत त्याग गर्ने गणेशमान सिहको जिवनी एकपटक मनन गर्न गर्न सबैलाई अपिल गरेका छन्।
लौह पुरूष गणेशमान सिंहको १०४ औँ जन्मजयन्तिको अवसरमा शोभाभगवति मा आयोजित माल्यार्पण कार्यक्रममा बोल्दै सिंहले मुलुकको यस्तो अवस्था हुनु साच्चिकै दुखदायी अवस्था रहेको बताए । लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रियाको लागि लडेको कांग्रेस भित्र आन्तरिक लोकतन्त्रनै नहुँदा कसरी अरुलाई लोकतन्त्रको दुहाइ दिने प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दै सिंहले केहिदिन अघिको केन्द्रीय समिति बैठकले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कस्तो छ भन्ने प्रस्ट भएको बताए ।
पार्टीको विधान केही हैन सभापति नै सबैथोक हो, जे मन लाग्यो तेहि गर्दै हिड्न सकिन्छ भने जसरी प्रस्तुत भएको उल्लेख गर्दै सिंहले अब कांग्रेसमा विधानको कुनै औचित्य छैन ? भन्ने प्रश्न गरे । विधान अनुसार चल्नुपर्छ नगरि नहुने कुनै काम भए आवश्यकता अनुसार विधान संसोधन गरुभन्दा पनि मनै विधान हु जसरी सभापतिजी प्रस्तुत हुनु दुखद रहेको सिंहले बताए ।
अहिले सरकार मनपरि तरिकाले चलिरहेको जनाउँदै संघियता कार्यान्वयनमै आशंका आउदा प्रतिपक्षी दलले ससक्त खबरदारी गर्नु पर्नेमा पार्टीको हालत यस्तो रहनु दुखद रहेको नेता सिंहले बताए । अझैसम्म पनि आफुहरु पाटी सुधारेर लोकतन्त्र मजबुद गर्न लागिपर्ने बताउदै योनै गणेशमान सिहकाप्रति सम्मान रहने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सग्रौला, काठमाडौ जिल्ला सभापति सबुज बानियाँ लगागत सांसद तथा नेता कार्यकता बुदिजिबि आम नागरिकहरु सहभागि थिए। शनिवार नै काठमाडौको ज्ञानेश्वरमा निर्माण सम्पन्न गरिएको गणेशमान सिहको स्मृतीमा बनेको काठमाडौ कांग्रेसको जिल्ला कार्यलय भवन उदघाटन गरिने कार्यक्रम समेत रहेको छ।