काठमाडौं। जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औ जन्मजयन्ती मनाइएको छ। जन्मजयन्तिका अवसरमा शनिबार बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा सिंहको योगदानको चर्चा गरि उनको शालिकमा माल्यार्पण गरिएको छ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सिंहको महत्वपूर्ण भूमिका रहेको बताए। शोभाभगवतीमा गणेशमानको तस्बिरमा माल्र्यापण गर्दै सिंहका छोरा तथा कांग्रेसका नेता प्रकाशमान सिंह गणेशमान सिहको जन्मजयन्तिको अवसरमा शोभाभगवतिमा आयोजित माल्र्यापण कार्यक्रममा बोल्दै कांग्रेस नेता सिहले पदप्रतिष्ठा र कुर्सिको लागि जे सुकै गर्न तयार हुने आजको अवस्थामा प्रधानमन्त्रीको पद समेत त्याग गर्ने गणेशमान सिहको जिबनी एक पटक मनन गर्न सबै लाई अपिल गरे।
आजनै साढे १ बजे काठमाडौको ज्ञानेश्वरमा निर्माण सम्पन गरिएको गणेशमान सिहको नाममा बनेको काठमाडौ कांग्रेसको जिल्ला कार्यक्रमको भवन उदघाटन गरिने कार्यक्रम समेत रहेको छ। विसं १९७२ कात्तिक २४ गते जन्मेका लौहपुरुष सिंहको २०५४ असोज २ गते निधन भएको थियो। नेपाली राजनीतिमा गरेको सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिदै आएको छ।