arrow

 सोह्र किलो बस दुर्घटनामा सत्र घाइते

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
accident-final.jpeg

गोरखा । गोरखामा शनिबार साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ