arrow

ओलीले विर्सिए बाचा, राष्ट्रिय विभूति फाल्गुणानन्दको जन्मजयन्ती स्थानीय तहमा मात्रै 

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
falgunanda1.jpg

काठमाडौं । राष्ट्रिय विभूति एवं महागुरु फाल्गुणानन्दको १ सय ३४औँ जन्मजयन्ती मनाइँदै छ । सन् १९४२ मा पूर्वी नेपालको ईलाममा जन्मिनुभएका फाल्गुणानन्दसँग अदभुत र चामत्कारीक गुण रहेको विश्वास गरिन्छ । फाल्गुणानन्द जयन्तीको अवसरमा इलामका ३ र ताप्लेजुङ्का २ स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।

यस्तै, झापाको दमक नगरपालिकाले पनि सार्वजनिक विदा दिएको छ । इलाममा फाल्गुणानन्दको जन्मस्थान माङसेवुङ र फाकफोकथुम गाउँपालिका तथा माई नगरपालिकाले सार्वजनिक विदा दिएका हुन् । 

पूर्वी नेपालका विभिन्न ठाँउमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्नमा उनको  महत्वपूर्ण योगदान रहेको बताइन्छ । अत्यन्त शालीन प्रकृतीप्रेमी किराँत समुदायलाई विकासको मुलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक चेतनाको विस्तारमा फाल्गुणानन्दको भूमिका अतुलनीय रहेको छ । 

किराँत समुदायलाई रुढीवादी परम्परा बाहिर ल्याउनमा पनि गुरु फाल्गुणानन्दको ठुलो हात छ । झापा जिल्लाको शान्तिनगर १ तिमाईमा गुरु फाल्गुणानन्दको पूर्णकदको प्रतिमा स्थापित गरिएको छ ।

१९४२ साल कार्तिक २५ गते इलामको माङसेवुङमा जन्मिनु भएका उहाँले किराँती संस्कृति सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । 

प्रेम र अहिंसाका अनुयायी गुरु फाल्गुणानन्दको तस्वीर राखेर सन् १९९३ नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ । उहाँको २००५ चैत २२ गते ६६ वर्षको उमेरमा निधन भएको थियो । 

यसैबीच, विश्व किराँत महासंघका केन्द्रीय अध्यक्ष डम्बर लुम्बापोले केन्द्र सरकारले फाल्गुणानन्द जयन्तीलाई बेवास्ता गरेको गुनासो गरेका छन् । उनले भने स्थानीय सरकारले मात्रै यसलाई महत्व दिएको देखियो । 

अहिले प्रधानमन्त्री रहेका केपी ओलीले अघिल्लो कार्यकालमा फाल्गुणानन्दको जयन्ती राष्ट्रव्यापी रुपमा मनाउने घोषणा गरे । अध्यक्ष तुम्बापोले भने, ‘हिजो ओली नै प्रधानमन्त्री हुँदा त्यो बाचा गर्नु भएको हो । मन्त्रिपरिषदले गरेको निर्णय पनि कार्यान्वयन भएन । पछि प्रचण्ड आएर किराँतलाई मात्रै विदा दिने भने ।’ राष्ट्रिय विभूति घोषणा भएको व्यक्ति कुनै एक समुदाय वा समूहको कसरी हुन्छ ?  अब हामी यसका लागि सर्बत्र दबाब दिँदै छौँ ।

उनले यो फाल्गुणानन्द जयन्ती राष्ट्रिय उत्सवका रुपमा मनाउनु पर्ने समेत बताए । अहिंसावादी र मानव समाजलाई सही मार्गमा लैजान भूमिका खेल्ने व्यक्तिलाई कुनै एक समुदायको भनि चिनाइनु हुँदैन, उनले भने, ‘किराँतमा मात्रै उहाँका अनुयायी छैनन् । सबै समुदायमा छन् । उहाँबारे राष्ट्रिय पाठ्यक्रममा लेखिएको छ ।’ राज्यले एक दिन विदा दिन किन कन्जुस्याँइ गरेको ?  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ