arrow

भारतीय नम्बरको ग्यास बुलेटले आमाछोरीको ज्यान लियो

ग्यास चुहिएर बस्ती जोखिममा  

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
accedent.JPG

काठमाडौं । भारतीय नम्बरको ग्यास बुलेटको ठक्करबाट धादिङमा दुई पैदल यात्रीको मृत्यु भएको छ ।धादिङको रोराङ गाउँपालिका ५ मा आज एउटा ग्यास बुलेटले ठक्कर दिँदा एक जनप्रतिनिधिसहित दुई पैदलयात्रीको मृत्यु भएको हो । 

यूपी ७५ एजे ५२०८ नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा रोराङ गाउँपालिका ५ की ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । गीता र सुनिता आमा छोरी हुन् । गीता ५ नम्बर वडाकी  वडा सदस्य समेत हुन् । 

ग्यास बुलेट अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेको छ । ठक्करबाट घाइते दुवैजनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । ग्यास बुलेटचालक भारतीय नागरिक भोला कुमारलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ । पल्टिएको बुलेटबाट ग्यास चुहिएर त्यो क्षेत्रमा जोखिम बढेको भन्दै त्रास पैदा भएको स्थानीयले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ