arrow

बन्दुक सहित युवा प्रक्राउ, नेकपाका वडाध्यक्षद्वारा प्रहरीमाथी दूर्व्यवहार 

logo
उत्तम चौलागाँई,
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
gun.jpg

खोटाङ। खोटाङमा एक व्यक्ति लोड गरेको भरुवा बन्दुक सहित पक्राउ परेका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–४ बतासेका २७ वर्षीय शुभराज राई लोड गरेको भरुवा बन्दुक सहित शनिबार पक्राउ परेका हुन। 

“म संग बन्दुक छ परेको वेला प्रयोग गर्न सक्छु” भन्दै हिडेको सूचनाका आधारमा राईलाई अस्थाई प्रहरी चौकी बतासेस्थित भण्डारेघाटले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए। 

राईको घरबाट लोड गरेर तयारी अवस्थामा राखिएको एक थान भरुवा बन्दुक, गोली बनाउँनका लागि राखिएको सिसाका टुक्रा, फलामका टुक्रालगायतका सामग्री सहित उनलाई नियन्त्रणमा लिएको केसीको भनाई छ। 

वडाध्यक्षद्वारा प्रहरीमाथी दुव्र्यवहार 
बन्दुक बरामदीको कानुनी मुचुल्का तयार गर्न गएका प्रहरी माथी दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–४ बतासेका वडाध्यक्ष लोकेन्द्र राईले दुव्र्यवहार गरेका छन्। मुचुल्का तयार गर्ने क्रममा वडाध्यक्षलाई झिकाईएको र उनकै रोहवरमा मुचुल्का तयार पारेपछि वडाध्यक्षले हस्ताक्षर गर्न नमानेको जनाईएको छ। 

स्थानीय र जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयार पारिनुपर्ने व्यवस्था अनुसार वडाध्यक्षलाई रोहवरमा बस्न भनिएको थियो। बरामदीको कानुनी मुचुल्कामा बाधा पुर्‍याउँदै आएका वडाध्यक्ष राईले मुचुल्कामा हस्ताक्षर गर्न नमानेपछि प्रहरीले मुचुल्कामा हस्ताक्षर गर्न नमानेको भन्ने अर्को मुचुल्का तयार गरि फकर्ने क्रममा उक्त मुचुल्का प्रहरीबाट वडाध्यक्षले खोसेको र दुव्र्यवहार पनि गरेको एक स्रोतले जानकारी दिएको छ।

राईलार्ई पक्राउ नगर्न र स्थानीय तहमै मिलाउँनका लागि वडाध्यक्षले प्रहरीलाई पटक–पटक दवाव दिदै आएको जनाईएको छ। वडाध्यक्ष राईले भरुवा बन्दुक छ भन्ने सूचना प्रहरीलाई दिने व्यक्तिको नाम मुचुल्कामा खुलाउँन भन्दै प्रहरीलाई धम्काएको समेत पाईएको छ। 

वडाध्यक्ष राईले जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक केसीलाई समेत आफ्ना प्रहरीलाई भनेर ‘केस’ गाउँमै मिलाउँने वातावरण तयार गरिदिन भन्दै “प्रेसर”समेत गरेका प्रनाउ केसीको भनाई छ।

वडाध्यक्ष राईले भने प्रहरीले आफुलाई अभद्र व्यवहार गरेको बताएका छन्। प्रहरीलाई गोप्य सूचना दिने व्यक्तिले प्रहरीलाई मैले सूचना दिएको भनेको र गोप्य सूचना दिने व्यक्तिको नाम मुचुल्कामा खुलाउँन भन्दा प्रहरीले नमानेपछि आफुले हस्ताक्षर गर्न नमानेको उनले बताए।

प्रहरीले मुचुल्का पढेर नसुनाएका कारण आफुले पढेर सुनाउँन मुचुल्का प्रहरीको हातबाट लिने क्रममा आफुमाथी प्रहरीले अभद्र व्यवहार समेत गरेको उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ