arrow

तीन राप्रपाको एकता भाँडियो, घोषणा गर्न हल बुक भइसकेपछि पशुपतिले निहुँ खोजे 

चुनाव चिन्हमा विवाद : थापाले गाई छाेड्न सकेनन्, राणाले हलाे

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
Aggrement-Between-RPPN-and-RPP.jpeg

काठमाडौ । तीन राप्रपाको एकता भाँडिएको छ । पशुपतिशमशेर राणाले चुनाव चिन्ह हलो नै राख्नु पर्ने भनेपछि पार्टी एकता भाँडिएको हो । 

एकता घोषणका लागि सोमबारलाई राष्ट्रिय सभागृहको सभाहल भाडामा लिइसकेको अवस्थामा चुनाव चिन्हकाे विवादले पार्टी एकता भाँडिएको कमल थापा निकट नेताहरुले बताएका छन् । थापा पक्षीय नेताहरुले पशुपतिशमशेरकै कारण एकता भाँडिएको आरोप लगाएका छन् । 

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शम्शेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकता हुने भनिएको थियो । पार्टी एकताका  लागि सबै विषयमा कुरा मिलेर घोषणासम्म पुगिसकेका बेला कमल थापा पक्षधरले चुनाव चिन्ह गाई छोड्न सकेनन् । तर, थापाले चुनाव चिन्हको टुंगो महाधिवेशन लगाउने गरी जान सकिने लचकता अपनाएका थिए । पशुपतिले मानेनन् । उनले हलो नै हुनुपर्छ, भने ।

लोहनीले भने आफ्नो कार्यसम्पाद समितिमा छलफल नभएका कारण केही दिन समय दिन भनेका थिए । थापा पक्षधर धेरै दिन यो विषय लम्ब्याउने पक्षमा रहेन । पहिले मिलेर झण्डै एक वर्षपछि चुनावको मुखमा फुटेका दुई पार्टीबीचमै चुनाव चिन्हमा कुरा मिलेन । लोहनी तयार भइसकेका थिए, पशुपतिले बखेडा झिके, थापा निकट एक नेताले हाम्राकुरालाई भने, ‘अब पार्टी एकताको च्याप्टर लगभग क्लोज भयो भन्दा पनि हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ