ओली सरकारमाथि नैतिक प्रश्नः ‘प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने १ कालार्इ अनुमति नचाहिने’
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
325
Shares
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकार नैतिकविहीन बनेको छ । ओली सरकारले प्रदेशका प्रमुखहरुलाई काखा र पाखा गरेपछि नैतिक प्रश्न चुलिएको हो ।
संघीय संरचनाका देशमा मुख्यमन्त्री तथा मन्त्री विदेश जानुअघि केन्द्रीय मन्त्रिपरिषद्को अनुमति अनिवार्य लिनुपर्छ ।
गत जेठमा अनुमति माग्दासमेत प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिकामा रहेका नेपालीको एउटा संस्थाको निमन्त्रणा मान्न जान दिइएको थिएन ।
त्यही सरकारले अहिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई विना अनुमति नै अमेरिका जान दिएको खुलेको छ । दुखेको गर्धन इलाज गर्न बैंकक गएका उनी एकाएक अमेरिका गएको खवरले सनसनी मच्याएको छ । त्यतिमात्र होइन उनको समाचार लेख्ने पत्रकार अमेरिकामै कुटिए ।
देश संघीय संरचनामा गए पनि मुख्यमन्त्रीहरूको विदेश भ्रमणको प्रस्ट व्यवस्था बनिसकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले आवश्यक प्रबन्ध गर्दै आएको छ ।
राईको मामिलामा कसैले कुनै सिफारिस, निर्देशन वा बोधार्थ परराष्ट्रलाई नदिएको जनाइएको छ । तर प्रदेश सरकारले भने मुख्यमन्त्री उपचारका लागि थाइल्यान्ड जाने निर्णय प्रदेश मन्त्रिपरिषबाट भएको उल्लेख गरेको छ ।
अमेरिका भ्रमण भने निजी भएकाले कानुनसम्मत नै रहेको स्पष्टीकरण प्रदेश सरकारले दिएको छ ।
निजी भ्रमण भने पनि राईले अमेरिकामा मुख्यमन्त्रीकै हैसियतमा नेपाली समुदायबाट सम्मान थापेका छन् । निजी भ्रमणमा जानेले मुख्यमन्त्रीको हैसियत बोक्न पाइन्छ कि पाइँदैन ?
फेरि निजी नै भ्रमण रहे पनि मुख्यमन्त्री ओहदाको व्यक्ति बिना जानकारी अमेरिका जान सक्छ ? यसले देशको प्रणालीको खिल्ली उडाएको छ ।
ओली सरकारले त यसमा झनै कुनै स्पष्ट नीति नै बनाउन सकेन । कसैलाई काखा र कसैलाई पाखा गर्ने नीति बनायो ।
प्रदेश २ का मुख्यमन्त्रीले इमानदारीपूर्वक सहमति लिन खोजे । प्रदेश १ का मुख्यमन्त्रीले जानकारी गराउने आवश्यकता नै ठानेनन् । अब राईलाई संघीय सरकारले स्पष्टिकरण मागेन भने त्यो अर्को दूर्भाग्य हुनेछ ।
निजी भ्रमण भनेर गएर सम्मान थाप्नेले कुनै सन्धी सम्झौता गर्न के बेर । त्यतिबेला कुन मुखले जवाफ दिन्छ ओली सरकारले ?
अझ समाचारै लेखेको भनेर पत्रकार लोकमणि राई पनि कुटिए । अमेरिकामा पत्रकार कुट्नेलाई कडा सजाय हुन्छ ।
यो बेथितिबारे नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा लेखेका छन् – बिदेश भ्रमणमा बसाउन खोजेको प्रणाली सहि थियो । तर प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने १ कालार्इ अनुमति नचाहिने । यो न्याय, स्वतन्त्रता कि अराजकता । पत्रकार लोकमणि राई यहि प्रकरण पिटिएका छन् । निर्देशन के छ, लाज छोप्ने कि कलम निमोठ्ने ????