निर्मला प्रकरणमा सरकार आफैले पेट्रोल थप्ने काम गर्योः काग्रेस नेता राणा
वद्री नयाँघरे,
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
352
Shares
मन्थली,रामेछाप। पुर्व अर्थराज्य मन्त्री एवं नेपाली कांग्रेसका युवा नेता उदय शमसेर राणाले कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटनामा सरकार नै गम्भिर नभएको आरोप लगाएका छन्। सो आरोप उनले सोमवार रामेछापको सदरमुकाम मन्थलीमा नेपाली कांग्रसका नेता तथा कार्यकर्ता सँगको भेटघाटका क्रममा लगाएका हुन्। सरकारले पन्त घटनाको छानबिन समितिले दिएको प्रतिबेदन तत्काल सार्वजनिक नगर्नु, पीडित पक्षका गुनासो नसुन्नु लगायतका बिषयले सरकार नै दोषी रहेको उनको ठहर छ।
साँढे तेत्तिस किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई नै समात्दा समेत सरकारले छानबिनको कामलाई ओझेलमा पारेर दोषिहरुलाई उन्मुक्ति दिनेकाम गरेर ठुलठुला अरु थुपै्र घटनालाई ढाकछोप गरिरहेको आरोप समेत उनले लगाए।
पुर्व अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले दुई तिहाइको दम्भमा रहेको संघिय सरकारले प्रदेशमा रहेका आफ्नै पार्टीका मुख्य मन्त्रीलाई समेत एउटा कार्यकर्ता र जनप्रतिनिधिको रुपमा मात्रै लिनुले संघियतालाई खतरामा पार्ने खेलमा सरकार आफै लागेको आरोप पनि लगाए।
वर्तमान सरकारले देखाएको यस्तो किसिमको हर्कतालाई कांग्रेसले टुलुटुलु हेरेर नबस्ने भन्दै हाल सम्म गरिरहेको गलत कामको परिणाम सरकारले चाँडै देख्ने अवस्थाको सृजना हुँदै गएको समेत बताए।
उनले फरक प्रसंगमा नेपाली काग्रेसले गत निर्वाचनमा भोग्नु परेको पराजयलाई केन्द्रीय नेतृत्वलाई मात्रै दोष दिन नमिल्ने बताउँदै जिल्ला स्तरको नेता तथा कार्यकर्ताले पनि जिम्मेवरारी लिनुपर्ने बताए।
पछिल्लो समयमा एक अर्कालाई दोषि देखाएर आफु भने पानी माथिको ओभानो वनेर पन्सन खोज्ने प्रवृत्ति आम नेता तथा कार्यकर्ताकरुमा वढेको भन्दै राणाले त्यसका लागि सवैलायईै जिम्मेवारी पुर्वक प्रस्तुत हुन पनि आग्रह गरे कार्यक्रममा पार्टिका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो।