arrow

पैदलयात्रीलाई मार्यो कारले 

logo
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
accident-final.jpeg

दमक । कारको ठक्करबाट झापाको दमकमा मंगलबार एक पैदलयात्री महिलाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो । 

खड्का दमक–९ मा बस्दैआएकी थिइन् ।  

बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको हो । 

ठक्करबाट सख्त घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ