arrow

प्रहरीको शान्ति सुरक्षाको नयाँ रणनीति 

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
motor-cycle.jpg

पुनर्वास । कञ्चनपुरको सीमान्त दक्षिणी क्षेत्र पुनर्वासमा शान्ति सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणमा सक्रिय बनेको प्रहरीले  मोटरसाइकल चोरी गर्ने दुई जनालाई सोमबार पक्राउ गरेको छ । 

हप्ता दिनअघि चरेश र लागुऔषध तथा ओसारपसारमा सकृय गिरोह पक्राउ गरेर चर्चामा आएको ईलाका प्रहरी कार्यालय पुनर्वास सोमबार चोरी गरेको मोटरसाइकल सहित चोरलाई पक्राउ गरेसंगै चर्चामा आएको छ ।
 
मोटरसाइकल चोरी धन्दामा  संलग्न रहेका पुनर्वास नगरपालिका–६, का २२ वर्षीय निरज श्रेष्ठ र पुनर्वास नगरपालिका–१ पुरैनाका २४ वर्षीय सुरेन्द्र रानालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पुनर्वासले  जनाएको छ ।

कार्तिक २२ गते राती ९ः३० बजे घरको आँगनबाटै पुनर्वास नगरपालिका–६, प्रतिभानगरका खेमराज श्रेष्ठको २२० सीसीको अनटेस्ट पल्सर मोटरसाइकल हराएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा हराएको मोटर साइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु बिरुद्ध चोरीको मुद्दासमेत दायर भइसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गणेश खडायतले जानकारी दिए ।

गत असोजमा मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

शान्ति सुरक्षाको नयाँ रणनीति
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले शान्ति सुरक्षाको नयाँ रणनीति अगाडि सारेको छ । सो रणनीतिअन्तर्गत पहिलो चरणमा रात्रिकालीन ग्रामीण गस्ती, सवारीको चेकिङ, आकस्मिक र नयाँ स्थानमा जाँच गर्ने साथै राति १२ बजेपछि सडकमा हिँड्ने यात्रुबारेमा सोधखोजलगायतका रणनीतिहरू अगाडि सारेको हो ।

प्रहरीले सीमा क्षेत्रमा हुनसक्ने अपराधिक कृयाकलापलाई मध्यनजर गर्दै यतिबेला जाँचलाई तीव्र पारेको छ ।
जाँचकै क्रममा दुई किलो चरेस सहित दुई जनालाई गत आईतबार पक्राउ गरेको एक दिन पछि मंगलबार पुनः चारजना लागू औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेका थिए ।

चार महिनामा २६ मुद्दा दर्ता
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले चार महिनामा २६ मुद्दा दर्ता गरेका छन् । गत आर्थिक वर्षमा ४४ ओटा मात्रै मुद्दा दर्ता गरी बिट मारेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले यो वर्षको चार महिनाको अन्तरालमै २६ ओटा मुद्दा दर्ता गरेका हुन् ।

सार्बजनिक अपराध, कुटपिट, चोरी, लागूऔषध कारोबार, मानब बेचबिखन, जबरजस्ती करणीका घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाइएको त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए ।

 ‘समाजमा घट्ने अपराधिक कृयाकलापलाई हतोत्साही गर्न, समाजमा शान्ति सुरक्षा कायम गर्न अपराधीलाई कानूनी कट्घेरामा उभ्याउँनु नै पर्छ ।’ उनले भने– ‘कानूनको नजरमा कोही सानो ठूलो छैन, अपराध गर्ने जो कोहीलाई सजाय हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ