arrow

दलित डाक्टर कासिराम सम्मानीत

logo
कौरव खत्री,
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
dr.bk_(2)_.jpg

गुल्मी । निस्ती बडिगाड सामुदायिक विकास केन्द्र गुल्मीले डा. कासिराम विश्वकर्मालाई सम्मान गरेको छ ।

निस्ती बडिगाड सामुदायिक विकास  केन्द्र गुल्मीको आफ्नो  गत बुधवार भएको केन्द्रको प्रथम बार्षिक उत्सव तथा सम्मान कार्यक्रमको अवसरमा मुसिकोट नगरपालिका १ थामडाँडा कटौजे गुल्मीमा जन्मेर डाक्टर बनेका कासिराम विश्वकर्मालाई केन्द्रका अध्यक्ष मोहन घिमिरे र प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले डाक्टर विकलाई फुलमाला दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

साथै विकट गाँउमा जन्मेका यस क्षेत्रको दलित समुदायको प्रतिनिधिन्व गरेर डाक्टर बन्ने विश्वकर्मा  पहिलो हुन उनी हाल जिल्ला अस्पताल  गुल्मीमा कार्यारत रहेका छन् ।

साथै लामो समय संर्घष गरेर बनेका डाक्टर विकले आफूलाई केन्द्रले सम्मान गरेकोमा निकै खुसी लागेको बताए । उनले भने 'यो सम्मानले मलाई थप जिम्मेवार र कर्तव्यबोध बनाएको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ