arrow

छठ पूजा गर्न गएका बेला घरमा आगलागी

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
fire.jpeg

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा मंगलबार राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । 

घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर आगलागी भएको हो । प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले दुहबी, सुन्दरहरैचा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको बारुण यन्त्रणको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । 

आगलागीबाट दुलालको काठको दुईतले घर जलेर नष्ट भएको छ । इनरुवा नगरपालिकाको दमकल लामो समयदेखि बिग्रिएर थन्केका कारण समयमै आगो निभाउन नसकिएको स्थानीयवासीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ