arrow

चाँदनी साततले गुफामा पुगेर पत्रकार महासघले के निर्णय गर्यो ?

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
FNJ-logo.jpg.jpeg

सल्यान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले सल्यानको चाँदनी साततले गुफाको विकास र सरक्षणमा ध्यान पुर्याउन सम्बन्धीत निकायहरुलाइ अनुरोध गरेको छ । छत्रेश्वरि गाउँपालिका वडा नम्बर ५ लेखपोखरा स्थीत गुफामा पुगेर बैठक बसि महासंघले स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारलाई धार्मिक तथा ऐतीहाँसिक महत्व बोकेको अत्यन्तै रमणिय स्थल चाँदनी साततले गुफाको विकासमा योजना ल्याउन ध्यानाकर्षण गरेको हो ।

बैठकले महासघको वार्षिक साधारण सभा आगामी मंसिर ८ गते जिल्लाको कपुरकोटमा गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहसंग समन्वय गरेर कर्णालिको प्रवेश द्धार कपुरकोटमा महासघको वार्षिक साधारणसभा गर्ने निर्णय भएको छ, महासघका जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले भने ।

यस्तै २०५२ साल मशिर ४ गते पत्रकार महासघ जिल्ला शाखा गठन भएकोले सोहि दिन मशिर ४ गतेको स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने निर्णय पनि बैठकले गरेको छ । जस अनुसार मशिर ३ गते विहान जिल्ला अस्पताल सल्यान परिसरमा सरसफाइ, ४ गते महासघ जिल्ला शाखा स्थापनाका तदर्थ समितीका पदाधीकारि र पूर्व अध्यक्षहरुलाइ सम्मान गर्ने कार्यक्रम तय भएको महासघका उपाध्यक्ष भरत कुमार वस्नेतले जानकारि दिएका छन् ।

सचिव शकर के सीले सहजीकरण गरेको बैठकमा पत्रकार महासघका केन्द्रीय सदस्य टेकराज शाही, सल्लाहकार शनत कुमार शर्मा लगायतकाले बोल्दै जिल्लाका पर्यटकीय क्षेत्र सम्म नै पुगेर महासघको बैठक बसि ती क्षेत्रको प्रचारप्रसारमा जिल्ला शाखाले सराहनीय काम गरेको बताएका थिए । पत्रकारको टोलीलाई गुफा व्यवस्थापन समितीका अध्यक्ष याम बहादुर पुन, छत्रेश्वरि ५ का वडाध्यक्ष लिलाधर घर्ती लगायत स्थानीयले स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ